बालकल्याण नमुना माध्यमिक विद्यालयमा बार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गतका समिति गठन

मालश्री अनलाइन, माघ २६ गते । बालकल्याण नमुना माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गतका समिति गठन गरिएको छ । विद्यालय भित्रका बार्षिक अतिरिक्त क्रियाक्लाप सन्चालन गर्ने उदेस्यका साथ बिभिन्न समितिहरु छनौट गरिएको हो । प्रधानाध्यापक मधुसुदन पोखे्रलको उपस्थितिमा सात वटा समितिहरु गठन गरिएको छ ।

 

 

जस अन्तर्गत खेलकुद समितिमा ओम सेनको संयोजकत्वमा ९ सदस्यीय समिति, साहित्यीक समितिमा लेखमणि खड्काको संयोजकत्वमा ८ सदस्यीय समिति, सांस्कृतिक समितिमा शुसिल थापाको संयोजकत्वमा ६ सदस्यीय समिति, सुचना तथा संन्चार समितिमा उमा केसिको संयोजकत्वमा ४ सदस्यीय समिति, अनुशासन समितिमा तुलसि प्रसाद श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति, स्वास्थ्य समितिमा जोसना डागिको संयोजकत्वमा ४ सदस्यीय समिति र सरसफाइ समितिमा पुर्ण बहादुर बाठा मगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । यि समितिहरुले बार्षिक रुपमा सम्पुर्ण जिम्मेवारि निर्बाह गर्नुपर्ने प्रध्यानाध्यापक मधुुसुदन पोख्रेलले बताउनु भयो ।

 

 

विद्यार्थीहरुमा यस्ता क्रियाकलापले थप व्यक्तित्य विकाश हुने छन् प्रअ पोख्रेलले भन्नु भयो । त्यसैगरि कोभिड १९ का कारण स्थगित भएको बार्षिक खेलकुद सप्ताह कार्यक्रम संन्चालन गर्ने निर्णय भएको छ । फागुन ५,६,७,८ गते विद्यालयको खेलकुद सप्ताह संन्चालन गर्नेे भएको हो । विद्यालय भित्रका मावि निमावि र प्रावि तहका लागी भलिबल ,फुटबल, एथ्लेटिक्स अन्तर्गतका सवै खेलहरु संगै साहित्यीक र सांस्कृतिक कार्यक्रमहरु पनि संन्चालन हुने बिद्यायलका संन्चार संयोजक उमा के सीले बताउनु भयो ।

321 total views, 1 views today