सदन बाटै प्रतिनिधी सभा विघटन विरुद्ध आफुहरु सडकमा आएको पुर्व सभामुख महराको भनाई

मालश्री अनलाइन, फाल्गुन १ गते । पुर्व सभामुख तथा नेकपा प्रचन्ड नेपाल समुहका केन्द्रिय सदस्य कृष्ण बहादुर महराले रुकुम रोल्पा मधेस आन्दोलन लगायतका हजारौ सहिदका बलीदानीले आज देशमा विकाशका लहरहरु सिर्जना भएको बताउनु भएको छ । २६ औ महान जनयुद्ध दिवसको अवसरमा आज त्रिवेणी गाउपालिका ७ गौरिगाउमा सहित परिवार अभिनन्दन शुभकामना तथा विरोध सांस्कृतिक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । रोल्पाली जनताले जनयुद्धमा रोल्पा जिल्लाबाट करिव आठसय व्यक्तीले बलिदान गरेको स्मरण गर्दै घाइते वेपत्ता अपाङहरुलाई सरकारले राहतको नाममा पन्छाउने काम गरेको बताउनु भयो । साथै सरकारमा रहेको केपी सर्मा वलीले जनयुद्धका घाइतेहरुलाई विर्सेर मनपरि ढंगले संविधान माथी प्रहार गरेको बताउनु भयो । उहाले भन्नु भयो अव सदन बाटै प्रतिनिधी सभा विघटन विरुद्ध आफुहरु सडकमा आएका छौे ।

 

सम्पुर्ण नपाली जनताहरु त्यसको पुनर स्थापनाको लागी लागी रहेको समेत उहाले बताउनु भयो । त्यसैगरि केद्रिय कमिटि सदस्य युवराज ज्ञवालीले सहिदहरुको योगदानले गाउगाउमा उज्याले पुगेको र आफुले कल्पना नगरेको विकाश भएको बताउनु भयो। कुनै समयमा बन्दुक उठाउने बाध्याता थियो भने अहिले बन्दुक उठाउनुको आवश्यकता नभएको जिकीर गर्नु भायो । उहाले जनतालाई एक जुट हुन समेत आग्रह गर्नु भयो । साथै उहाले रोल्पा रुकुम जिल्ला बाट धेरैले ज्यान गुमाएको बताउदै महान जनयुघको संर्घषले गर्दा संघीयताको अनुभुति गरेको बताउनु भयो ।,कार्यकममा पुर्व सभामुख ओनसरी घर्ति , केन्द्रिय सदस्य तथा महासघका इनचार्ज जयपुरी घर्ति मगर, लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी , लुम्विनी प्रदेशका सभासद दिपेन्द्र पुन , केन्द्रिय सदस्य दामा सर्मा, केन्द्रिय सदस्य तारा घर्ति, जिल्ला अध्यक्ष सुरेन्द्र घर्ति धु्रब, जनसास्कृतिक महासघका, सिता आचार्य, हरि सरा घर्ति,संगठनका प्रमुख तथा प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । स्वगत मन्तव्य नेकपा त्रिवेणी गाउपालिका सचिव सेरसिह वन्दिपुरेले गर्नु भएको थियो ।

 

 

कार्यक्रमको अध्यक्षता जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य प्रगति महराले गर्नु भएको थियो कार्यक्रमको संन्चालन जन सांस्कृतिक महा संघका केन्द्रिय सदस्य झन्कार वुढामगरले गर्नु भएको हाम्रा सहकर्मी सुर्य प्रकाश वुढा मगर ले बताउनु भएको छ ।

 

 

 

 

 

198 total views, 1 views today