माडी गाउँपालिका घर्तीगाउँमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उदघाटन

मालश्री अनलाइन, फाल्गुन २ गते । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद“भन्ने मुलनाराका साथ माडी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ आयोजना गरिएको हो। घर्तीगाउँ बजार ¥यालीले परिक्रमा गरि कोणसभा परिणत भइ कार्यक्रमको उदघाटन समारोह सम्पन्न गरिएको छ । माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुन मगरको अध्यक्षताबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रमुख अतिथीमा पूर्व सभामुख तथा नेकपा केन्द्रिय कमिटी सदस्य कृष्ण बहादुर महरा रहनु भएको थियो भने विशिष्ट अतिथीमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर रहनु भएको थियो।

 

 

 

अन्य अतिथीमा नेकपा रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती (धुर्व),नेपाली कांग्रेस पार्टी रोल्पा जिल्लाका निवर्तमान सभापति तथा समाजसेवी बुद्धिजीवी राजनितिज्ञ कृष्णबहादुर घर्तीमगर,नेकपा माडी गाउँपालिका अध्यक्ष अ्म्मरसिंङ घर्ती मगर,नेपाली कांग्रेस रोल्पा जिल्ला क्षेत्र नं.२ का सभापति गोपाल घर्तीमगर,इलाका प्रहरी कार्यालय घर्तीगाउँका इन्चार्ज सुधीर खड्का,नेपाल पत्रकार महासंघका पाँचौ कार्यकालका अध्यक्ष मानसिंङ वि.क,माडी गाउँका १.वडा अध्यक्ष आम बहादुर घर्ती,२.वडा अध्यक्ष ललित घर्ती,३.वडा अध्यक्ष दल बहादुर घर्ती,४.वडा अध्यक्ष खिम बहादुर घर्ती,५.वडा अध्यक्ष भरत बहादुर बुढा र ६.वडा अध्यक्ष खर्क बहादुर पुन लगाएतको उपस्तिथि रहेको थियो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको स्वागत मन्तव्य माडी गाउँपालिकाकी उपाध्यक्ष धनीकला बुढामगरले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका पूर्व सभामुख तथा नेकपा केन्द्रिय कमिटी सदस्य कृष्ण बहादुर महराले,कार्यक्रमको दिप प्रज्ज्वलन र व्यानर पढेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

जनयुद्ध शुरुभएको ठाउँबाट अब खेलकुद विकासको सिर्जना गर्नुपर्ने उहाले बताउनुभयो। रोल्पाको विगतको स्मरण गर्नुहुदै पूर्व सभामुख महराले पौरखी जनताको गतिशील रोल्पा भएको बताउनुभयो, उहाँले साचै रोल्पा जिल्लालाई खेलकुदको माध्यमबाट अब विश्व सामु चिनाउनु जरुरी रहेको समेत बताउनु भयो । खेलकुदले व्यक्तिको इज्जत र दाम दुबै कमाउने माध्यम भएको बताउनु भएको हो । उहाले भन्नु भयो आज गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनुमा आफैमा ऐतिहासिक मानियो ,अब खेलकुद क्षेत्रमा अगाडि बढ्न खोजेमा आफुहरु साथ दिन तयार भएको बताउनुभयो ।

कार्यक्रमको विशिष्ट अतिथी लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले, खेलकुद क्षेत्रलाई विद्यार्थी जगतमा विकास गर्न सकिने बताउदै,खेलकुदको माध्यमबाट राष्ट्र लाई चिनाउन सकिने बताउनुभयो।  यसबाट नाम र दाम पनि कमाउन सकिने समेत बताउनु भयोे । देशको लागि खेलकुदका साथै शारीरिक स्वास्थ्यमा पनि यसले परिवर्तन ल्याउने बताउनुभयो। साथै खेलकुदको विकासमा प्रदेश सरकार निरन्तर अगाडि बढेको जिकिर गर्नुभयो। ै खेल देशको गहना भएको र खेलले व्यक्तिको शारीरिक तवरले स्वस्थ मानिन्ने छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ४ गतेसम्म जारी रहने आयोजकले बताएको छ। उदघाटन कार्यक्रम को सञ्चालन माडी गाउँपालिका शिक्षा अधिकृत पर्शुराम ढकालले गर्नुभएको हाम्रा सहकर्मी सुर्य प्रकाश वुढा मगरले जनकारी दिनु भयो ।

 

 

 

193 total views, 1 views today