संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेपाली काँग्रेस रोल्पाद्धारा विरोध प्रदर्शन

मालश्री अनलाइन, फाल्गुन ३ गते । नेपाली काँग्रेसले रोल्पा लगाएत देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध काँग्रेसले आज रोल्पा जिल्लामा पनि विरोध प्रदर्शन गरेको हो । नेपाली काँग्रेस रोल्पा जिल्ला सभापति अम्मरसिं पुन मगरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथितिमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ रहनु भएको थियो ।

कार्यक्रममा सस्थापक सदस्य तथा पुर्ब राज्य मन्त्रि  सुरेन्द्र हमाल, पुर्ब सहायक मन्त्रि भिम कुमारी बुढा, पुर्ब सांसद लेखनाथ आचार्य, पुर्ब सभापति महासमिति सदस्य माधब प्रसाद अचार्य, निबर्तमान सभापति कृष्ण बहादुर घर्ति, लगाएत पार्टिका कार्यकर्ता भाृत सुभेच्छुक, महाधिबेसन समिति सदस्य,  क्षेत्रिय, पालिका लगाएतका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले प्रधान मन्त्रिले समसद बिघटनको सिफारिस गर्र्न अधिकार कुनैपनि हालतमा नपाइने बतानु भएको छ । सर्बोच्च अदालतमा रहेका बिचाराधिन मुद्धाहरुमा प्रधान मन्त्रिको हातमा नरहेको बताउनु भयो । प्रधान मन्त्रिले असैंबधानिक तरिकाले समसद बिघटन गरि आप्नो हात आफैले काटिसकेको समेत बताउनु भयो । प्रधान मन्त्रिले चाहेर पनि अब संसद पुर्नबहालि नहुने धारणा व्यक्त गर्नु भएको छ ।

यस्तै कार्यक्रमा सभापति पुनले संसदलाई अनिर्णयको बन्दी बनाएर पार्टी र संसद्मा समेत फेस गर्नुपर्नेमा संसद्लाई छलेर असंवैधानिक काम गर्ने छुट कसैलाई नरहेको पुनको भनाइ थियो । ‘कांग्रेसलाई सत्ताभन्दा पनि संविधानको रक्षाको खाँचो’ रहेको दाबी गर्दै पुनले चुनावले कांग्रेसलाई फाइदा भए पनि त्यसलाई नहेरेको बताए । ५ वर्षलाई शासन गर्न नेपाली जनताले नेकपालाई मत दिएकोमा त्यसको अपमान भएको जिकिर गर्दै पुनले ‘जतिबेला मन लायो त्यतिबेला संविधानविपरीत काम गर्न पाइन्छ ?’ महिनौँसम्म सिंहदरबार नजाने ओलीले अहिले रिबन काटेर नौटंकी गरेको पुनको आरोप थियो । निर्मला पन्त र भागरथी भट्टलगायतलाई न्याय दिन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । नेपाल कमिन्युस्ट पार्टिका नेताहरु सबिधानको अब्याख्या गरेर उहाहरु राािष्टय सभामा गएको बताउनु भएको छ । जिल्लाका कोषा अध्यक्ष खड्क बहादुर खत्रि तोबोराको स्वागत मनतब्य बाट सुरु भएको बिरोध सभाको कार्यक्रमको सन्चालन किसोर कुमार आचार्यले गर्नु भएको त्याहा पुग्नु भएका हाम्रा सहकर्मि राजेश समर्पणले जानकारी दिनुभएको छ ।

190 total views, 2 views today