माडी गाउँपालिकाको कार्यालय घर्तीगाउँ द्वारा एक दिन गाउँपालिकाका सबै विद्यालयहरुलाई शोक बिदा दिने निर्णय

मालश्री अनलाइन, फाल्गुन ५ गते । रोल्पा जिल्ला माडी गाउँपालिका १ तुसार पानी बस्ने सरस्वती मा.वि.मा अध्ययनरत कक्षा ८ मा पढ्ने बर्ष १८का विद्यार्थी आयुष वलीको फागुन ३ गते भिर बाट लडेर मृत्यु भएको हो।घर्तीगाउँ बजारमा बिहान दुध लिएर आएको र राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम हेरेर साँझ घर फर्कदै गर्दा चालङ भिर बाट लडेर सोमबार घटनास्थलमा मृत्यु भएको थियो। सोही विद्यार्थीको शोकमा एक दिन माडी गाउँपालिकाका सबै विद्यालयहरुलाई एक दिन विद्यालय बिदा दिने निर्णय गरिएको बताइएको छ।

माडी गाउँपालिकाका अध्यक्ष नन्द बहादुर पुनमगरको अध्यक्षतामा बसेको गाउँकार्य पालिकाको बैठक बसी उक्त निर्णय गरिएको छ।साथै मृतकका बुबा शेर बहादुर वलीलाई काजकिरियाको लागि ५० हजार रुपियाँ दिने समेत निर्णय गरिएको माडी गाउँपालिका ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगरले बताउनुभयो।साथै माडी गाउँपालिकाका सबै विद्यालयहरुलाई फागुन ७ गते शुक्रबार एक दिन शोक बिदा गर्न आग्रह गरेको हो ।

साथै सरस्वती मा.वि.का प्रधानाध्यापक विद्यार्थी मृत्यु भएकोमा शोक प्रकट गर्दै,घर्तीगाउँमा आयोजित माडी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आयुष वली सहभागी नभएको, कार्यक्रम हेर्न आएको तर विद्यालयबाट आफुहरुले नलिएको बताउँछन् ओस बहादुर वि.क,साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयले लगेको भन्नू गलत भएको बताउँछन् अर्का सरस्वती मा.वि.का शिक्षक धन बहादुर वली बताउनुभयो,बाहिर हल्लाको पछी नलाग्न पनि आग्रह गर्नुभएको छ । मृतकका आमा बुबा संग बुझ्न समेत विद्यालय आग्रह गरेको बताइएको छ ।

285 total views, 1 views today