“शिक्षण सिकाइ कुना’ कार्यक्रम अन्तरगत सुनिलस्मृति वडा नं.४ का विद्यार्थिलाई कुर्ची र टेबल वितरण

मालश्री अनलाइन, फाल्गुन ६ गते । सुनिलस्मृति गाउँपालीका वडा नं. ४ भित्रका १३६ जना बिद्यार्थिलाई कुर्ची र टेबल वितरण गरिएको छ । वडा नं ४ को वडा नं. ४ को “शिक्षण सिकाइ कुना “ कार्यक्रम अन्तरगत उक्त समाग्री वितरण गरिएको हो ।

 

सोहि कार्यक्रम अन्तर्गत आफ्नो वडा भित्र सञ्चालित ३ ओटा बिद्यालय सुर्योदय माद्यामिक विद्यालय सुलिचौर का कक्षा १० का ९६ जना विद्यार्थि, जनता आधारभूत नि.मा.बि कोइरालखर्कका कक्षा ८ का २० जना र सरस्वति प्रा.बि.बाग्माका २० जना गरि १३६ जना बिद्यार्थिलाई विहिबार एक कार्यक्रमका विचर एक वटा कुर्ची र टेबल को सेट वितरण गरिएको हो ।

बिध्यार्थिहरु लाई घरमै पढ्ने बातावरण श्रीजना गर्ने हेतुले घरमै लाने गरि टेबल र कुर्ची वितरण गरिएको वडा कार्यालयले जनाएको छ । ४ नं वडा कार्यालयको पहल, शिक्षण सिकाइ उपलब्धिमा बल, भन्ने नारा सहित रोल्पा जिल्ला मै पहिलो पटक शिक्षा क्षेत्रलाई माथि उकास्न उक्त कार्यक्रम लागु गरेको हो । यसका साथै बिद्यालयमा पढाइएको पाठ, दिइएको गृहकार्य गर्न र घरमा पढ्ने बातावरण श्रीजना होस् भन्ने उदेश्यले यो कार्यक्रम लागु गरिएको वडा नं. ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्रीले बताउनु भयो । आ.वा ०७७र७८ मा यस कार्यक्रम को लागि वडा बाट रु. ४ लाख ५० हजार रकम बिनियोजन गरिएको छ, वडा अध्यक्ष क्षेत्रीले भन्नु भयो । विद्यार्थीमा शिक्षण सिकाइ मा ठुलो टेवा पुग्ने वडा कार्यालयले विश्वास लिएको समेत उहाले बताउनु भयो ।

शिक्षा क्षेत्रमा यस आ.वा मा वडा ले २२.७९५ रकम बिनिजोजन गरेको छ भने आगामि दीनमा यस लाइ अझ बढाइने वडा अध्यक्ष क्षेत्रिको भनाइ रहेको छ । यो कार्यक्रम रोल्पा जिल्ला मै पहिलो कार्यक्रम भएको हुदा हरेक क्षेत्रमा आफ्नो वडालाई जिल्लाकै नमुना वडा बनाउने लक्षका साथ वडाका हरेक बालबालिका लाइ शिक्षा प्रदान गरिने र आफ्नो वडा भित्रका आफ्नै देशमा डाक्टर, इन्जिनिएर, पाइलट पढ्ने विद्यार्थीलाई भबिस्यमा सहयोगको कार्यक्रम ल्याइने योजना समेत बनाएको छ । त्यसैगरि वडा का सम्पूर्ण बिद्यालयमा शिक्षक हरुको लागि प्रत्यक बिद्यालयमा विद्युतीय हाजिरी जडान गरीसकिएको छ । भने विहान ९.५५ भित्र हाजिरी गरिसक्नु पर्ने र अपराह्न ४.०५ मा पछी मात्र विद्यालयबाट बाहिर जना नियम समेत बनाएको छ ।

वडा का सबै बालबालिका हरुलाई शिक्षित बनाउने प्रतिबद्द सहित आगामि दिनमा शिक्षाका लागि धेरै योजना कार्यन्वयन गरिने जनाएको छ । गत साल देखि सुरु गरिएको यस कार्यक्रम लाइ निरन्तरता दिइने वडा अध्यक्ष क्षेत्री ले बताउनु भयो । वडा नं. ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्रीको अध्यक्षतामा भएको शैक्षिक समाग्री वितरण कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालीकाकि उपाध्यक्ष बागमती क्षेत्रिनी रहनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत केशब राज पार्धेको विशेष आथित्यता रहेको थियो । शिक्षा शाखाका निमित्त संयोजक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्र.अ हरु, अभिभावक, बिद्यार्थी विद्यार्थि लगाएतको उपस्थीती रहेको थियो ।

164 total views, 1 views today