एकिकृत पाठ्यक्रम सम्बन्धि क्षमता विकास तालिमको आज परिवर्तन गाउँपालिकामा उदघाटन

मालश्री अनलाइन, फागुन ६ गते । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत आधारभूत तहमा एकिकृत पाठ्यक्रम सम्बन्धि शिक्षक पेसा गत क्षमता विकास तालीमको आज उद्घाटन गरिएको छ । “संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार “भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिकाको पुतलाचौरमा एक कार्यक्रमको बीच उदघाटन गरिएको हो । शिक्षा तालिम केन्द्र रुपन्देही लुम्बिनी प्रदेशको आयोजना र परिवर्तन गाउँपालिकाको शिक्षा शाखाको सहजीकरणमा तालिमको आयोजना गरिएको बताइएको छ । तालीम आज देखि १५ गतेसम्म जारी रहने छ । तालिमको प्रमुख अतिथीमा परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकांन्त डाँगी रहनु भएको थियो भने विशिष्ट अतिथीमा परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष हित कुमारी बुढामगर रहनु भएको थियो,अन्य अतिथिमा परिवर्तन गाउँपालिकाका प्रशासकीय अधिकृत डिल्ली खड्का, शिक्षा तालीम केन्द्रका प्रमुख यम बहादुर केसी, तालिम केन्द्रका शाखा अधिकृत माधव पोखरेल ,तालीम केन्द्रका प्रशिक्षक डिल्ली कान्त आचार्य र रोल्पा जिल्ला शिक्षक महासंघका अध्यक्ष तथा तालीम केन्द्रका प्रशिक्षक भिम प्रकाश पुनमगर लगाएतको उपस्तिथि रहेको थियो।

 

 

 

स्वागत मन्तव्य परिवर्तन गाउँपालिका शिक्षा शाखा अधिकृत चित्रा बस्नेतले दिनु भएको थियो भने सञ्चालन शिक्षा तालीम केन्द्रका प्रशिक्षक डिल्लीकांन्त आचार्यले गर्नुभएको थियो।तालीमको विशिष्ट अतिथी समेत रहनु भएकि परिवर्तन गाउँपालिका हित कुमारी बुढामगरले अब शिक्षकहरुले कानुनका कुराहरु सिकाउन नहुने बताउनुभयो साथै अब पुरानो शैलीबाट शिक्षा अगाडि नबढ्ने समेत बताउनुभयो उहाँले नयाँ ढाचाबाट पठनपाठनबाट शिक्षा क्षेत्रलाई अगाडि बढाउन आग्रह गर्नुभयो । तालिम उदघाटनको प्रमुख अतिथी रहनु भएका परिवर्तन गाउँपालिका अध्यक्ष निमकांन्त डाँगीले,विकसित देशको शिक्षाको अवस्था र नेपालको शिक्षाको स्तर भन्दा फरक रहेको बताउनुभयो ।

 

 

 

उहाँले अबको शिक्षा व्यबहार, आधुनिक मुखी हुनपर्ने समेत बताउनुभयो। तालिममा परिवर्तन गाउँपालिका भित्रका कक्षा १९३ का ४४ विद्यालयका करिब ४४ जना शिक्षक शिक्षिकाहरुको सहभागी रहेको त्यहाँ बाट हाम्रा सहकर्मी सुर्य प्रकाश बुढामगरले जानकारी दिनु भएको छ।

 

 

 

 

216 total views, 1 views today