रेडियो मालश्री आज बाट पाचौ वर्ष पार गरि छैठौ वर्षमा प्रवेश

मालश्री अनलाइन, फागुन ७ गते । राष्ट्र, राष्टियता र लोकतन्त्रको संवाहक भन्ने मुल नाराका साथ संचालनमा आएको सामुदायिक रेडियो, रेडियो मालश्री आज बाट पाचौ वर्ष पार गरि छैठौ वर्षमा प्रवेश गरको छ । वि.स २०७२ साल फाल्गुन ७ गते प्रजातन्त्रको दिवसको अवसर पारेर संचालनमा आएको रेडियो आज बाट छैठौ वर्षमा लागेको सञ्चालक समितिले जनाएको छ । रेडियोले छैठौ बर्ष प्रवेश गरेको अवसरमा रेडियो मालश्रीका स्टेसन म्यनेजर डि.बि घर्तिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दैे दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना ब्यक्त गर्नुभएको छ ।

 

 

नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनु भएको छ । समाज परिबर्तन तथा समृद्ध राष्ट निर्माणको लागि सहयोग गर्ने निकाय सम्पुर्ण रेडियो सन्चालक समितिका सदस्य, रेडियोका पधाधिकारि बिज्ञापन दाता, रेडियो प्रेमि श्रोता शुभेच्छुक, सहयोगि सदस्यहरुमा लगाएत शुभ चिन्तकहरुमा हार्दिक धन्यबाद ब्यक्त गरेको छ । रेडियो मालश्रि १०० बिन्दु ५ मेघाहर्ज र मोबाइल एप्लिकेशन हाम्रो पात्रो वेब साइट र रेडियो मालश्रीको अफिसियल लाइकपेज बाट एक साथ समाचार पढ्न हेर्न र सुन्न सकिने रेडियो प्रशासनले जनाएको छ ।

180 total views, 1 views today