थबाङ गाउँपालिकाको ८ औ हिउँदे गाउँसभा सम्पन्न

मालश्री अनलाइन, फागुन ७ गते । थबाङ गाउँपालिकाको ८ औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ । थबाङ गाउँपालिकाका अध्यक्षवीर बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न ८ औँ गाउँसभाबाट विभिन्नआयोजनाहरुको संशोधनभएको छ भने थबाङ गाउँपालिका घर निर्माण अनुमतिपक्रियाको विधेयक २०७७पारित भएको छ । गाउँपालिकाउपाध्यक्ष रामकिरणी रोकाले संशोधितआयोजनाहरुको सुची प्रस्तुतगर्नु भएको थियो भनेथबाङ गाउँपालिका घर निर्माण अनुमतिपक्रियाको विधेयक २०७७को कार्यपालिका सदस्यपुनबहादुर वि क ले प्रस्तुतगर्नुभएको थियो ।

 

 

८औ गाउँसभाबाटथबाङ गाउँपालिका वडा नं १को दाङजामोटरबाटो मर्मत निर्माण आयोजनालाई संशोधन गरेर चिटिबाङ मिनिग्रिड निर्माणमा लागत सहभागिता , वडा नं २ को डस्बिन खरिद ओजनालाई टोल विकास संस्था गठन र सरसफाई समाग्रीवितरण , वडा नं ५ को तेराङगीमोटरबाटो आयोजनालाई संशोधन गरेर घोरेटोबाटो निमार्ण लागयतका १४ वटा आयोजनाहरको रकमान्तर गरिएको छ । गाउँसभामाजनप्रतिनिधी, कर्मचारी, स्थानिय, सुरुक्षाकर्मी लागयतको उपस्थिती रहेको थियो ।

 

117 total views, 1 views today