रोल्पामा आज आईटीएफ तेक्वान्दोको राष्ट्रिय सेमिनारको उद्घाटन
मालश्री अनलाइन, फागुन ८ गते । रोल्पामा आज आईटीएफ तेक्वान्दोको राष्ट्रिय सेमिनारको उद्घाटन गरिएको छ । आइटीएफ तेक्वान्दो खेल सगै पर्यटन विकास सबैको चाहाना, रोल्पाको समृद्ध हाम्रो कमाना भन्ने मुल नाराका साथ रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजनामा उक्त सेमिनारको उद्घाटन गरिएको हो । रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाँठा मगरको अध्यक्षता तथा लुम्बिनि प्रदेशका सभा सदस्य दिपेन्द्र पुन सिजलको प्रमुख आथित्यिता रहेको थियो भने जिल्ला समन्वय प्रमुख राज बहादुर बुढा, नगरपालिका प्रमुख पुर्ण केसि, परिबर्तन गाउँपालिका अध्यक्ष निमकान्त डागि, गगांदेब गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री, थबाङ गाउँपालिका अध्यक्ष बिर बहादुर घर्ति, र नेपाल अन्तराष्टिय तेक्वान्दो महासंघका अध्यक्ष तथा दक्षिण एशिया तेक्वान्दो महासंघका उपाअध्यक्ष अन्जन धमला लगाएतको बिशिष्ट आथित्यता रहेको थियो ।
लुम्बिनि प्रदेशका सभा सदस्य दिपेन्द्र पुन सिजलको प्रमुख आथिति फोटो
जिल्ला समन्वय प्रमुख राज बहादुर बुढा फोटो
नेपाल अन्तराष्टिय तेक्वान्दो महासंघका अध्यक्ष तथा दक्षिण एशिया तेक्वान्दो महासंघका उपाअध्यक्ष अन्जन धमला फोटो
कार्यक्रममा प्रमुख अथिति लुम्बिनि प्रदेशका सभासद पुनले बिगद जनयुद्ध नामले परिचित रोल्पाा अबको रोल्पा खेलकुद क्षेत्रको रोल्पा हुनुपर्ने बताउनु भयो । साथै राष्ट्रिय खेलाडीहरुलाई रोल्पामा केन्द्रित गरेर तेक्वान्दो महासंघले सेमिनार कार्यक्रम गर्नु एतिहासिकता भएको बताउनु भयो । उहाँले खेलकुदको माध्यमले खेलाडीहरुमा शारिरिक परिबर्तन ल्याउने र खेलाडीले नाम र दाम समेत कमाउन सकिने बताउदै बिकसित देशको तुलानामा नेपाल बाट पनि त्यस्ता राम्रा खेलाडिहरु उत्पादन गर्न सकिने बताउनु भएको थियो । यस्तै बिशिष्ट अथिति राज बहादुर बुढाले जसले आफुले म जानेको छु भन्छ त्यो मानिस कहिले पनि सफतामा पुग्न नसक्ने बताउनु भयो ।
जसले मेहनत गर्दछ उसले सफलता पाउने बताउनु भयो । साथै खेलकुदमा लापरबाही गरेमा आप्ना अभिभावकको सपनालाइ साकार पार्न नसकिने समेत बताउनु भयो । यसैगरि रमाइलोमा खेलकुद खेलेमा कहिल्यै पनि प्रगतिको बाटो तर्फ जान नसिकिने उहाले बताउनु भयो ।
यस्तै अर्का बिशिष्ट अथिति तेक्वान्दो महासंघका अध्यक्ष तथा दक्षिण एशिया तेक्वान्दो महासंघका उपाअध्यक्ष धमलाले जनयुद्धको उद्गम थलो रोल्पामा आयर आफुले कार्यक्रम गर्न पाउदा निकै हर्षित भएको बताउनु भयो । उहाले अब रोल्पा बाट पनि उत्कृष्ट खेलाडिहरु उत्पादान गर्न आबस्यक रहेको बताउनु भयो । साथै उहाले यसरी दुर्गम ठाउँमा सयौ खेलाडीहरु सहभागि हुन पाउदा आफु खुशि भएको बताउनु भयो । कार्यक्रममा नेपाल भरि करिब ३०० परिक्षार्थिहरुको सहभागिता रहेको थियो । रोल्पा आइटीएफ संघका सचिव तथा रोल्पा आइटीएफका प्रमुख प्रशिक्षक कृष्ण प्रसाद बाँठा मगरको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन श्री जनसेवा नमुना माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चिज बहादुर बिकले गर्नु भएको थियो ।
परिक्षार्थीहरु
217 total views, 3 views today