प्रधानमन्त्री रोजगार कार्यक्रमकाे फुलिबन देखि सेरम गाउँ सम्मको सीडी निर्माण उद्घाटन

मालश्री अनलाइन, फागुन ९ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम कामका लागि पारिश्रमिक आयोजना अन्तर्गत फुलिबन देखि सेरम गाउँ सम्मको सीडी निर्माण उद्घाटन कार्यक्रम सुनछहरी गाउँपालिका वडा नम्बर १ सेरमको फुलिबनमा गरिएको छ। सुनछ्हहरी गाउँपालिका रोजगार सेवा केन्द्र पोबाङको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष आशबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पुनले भनु भयो इमानदारीपुर्वक र सावधानीपुर्वक होशियारका साथ राम्रो र परिणाममुखी काम गर्न १०० दिने रोजगारदाताहरु लाई अनुरोध गर्नु भयो।

 

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनबहादुर पुनमगर,वडा नम्बर १ का वडा सदस्य जगबहादुर घर्ती पत्रकार जुनिस कुमार बिष्ट लगाएतको आतिथ्यता रहेको थियो। वडा नम्बर १ सेरमको फुलिबन लुङग्री नदिको किनारबाट सेरम गाउँ सम्मको लागि पदमार्गको लागि सीडी निर्माणको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १४ लाख ४७ हजार ६ सय बजेट विनियोजन भएकोरोजगार सेवा केन्द्रका संयोजक तिलभान पुनले बताउनु भयो। उक्त उद्घाटन कार्यक्रमबाट रोजगार उपभोक्ता समिति ७ सदस्यीय गठन गरिएको छ । जसको अध्यक्षमा मिलन परियार,उपाध्यक्ष फर्की पुन,सचीव दुजमन परियार,सदस्यहरु स्मृति रोकामगर,देबिसिङ परियार,रामबहादुर रसाइली बुद्दिमला परियार लगाएत लाई चयन गरिएको छ। कार्यक्रम रोजगार संयोजक तिलभान पुनले संचालन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नम्बर १ का अध्यक्ष महाबिर रानामगरले गर्नु भएको थियो।

190 total views, 1 views today