बाल कल्याण नमुना बिद्यालयको खेलकुद सप्ताह समापन

मालश्री अनलाइन, फागुन १० गते । लजलाको काखमा हाम्रो बाल कल्याण, बहुआयमिक बिद्यालय यसको अभियान “भन्ने मुलनाराका साथ संन्चालन गरिएको खेलकुद सप्ताहको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ । रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीको प्रमुख आत्थिता तथा विद्यालयका प्रध्यानाध्यापक मधुसुदन पोख्रेलको विशिष्ट आतिथ्यतामा समापन तथा पुरस्कार वितरण गरिएको हो ।

 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर केसीले शिक्षा भनेको पढ्नु मात्रै होइन, अतिरिक्त क्रियाकपाल पनि शिक्षा नै भएको बताउनु भयो । कोरोनाले गर्दा खेलकुद क्षेत्र बन्चीत भएको बताउदै अव विस्तारै यसले फड्को मार्ने बताउनु भयो । अहिले रोल्पा जिल्लाको सवै विद्यालयमा भन्दा यस विद्यालयलमा धेरै विद्यार्थीले अध्यापन गर्ने गरेकोले यस विद्यालयको बहु प्रतिभाले देशलाई नेतृत्व गर्ने बताउनु भयो । साथै बिजय खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो । आगामी दिनमा अझै व्यवस्थित ढंगले व्यवस्थापन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताउनु भयो ।

 

 

सक्रिय भएर खेल सम्पन्न गरेकोमा सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि मेयरले प्रथम भएका खेलाडीहरुलाई अबिर ल्यापन गरि प्रमाण पत्र, पुरस्काले सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको संन्चालन सहायक प्रध्यापक लेखमणि खड्काले गर्नु भएको थियो ।

 

213 total views, 1 views today