गाउँपालिकामै पहिलो पटक किविका विरुवा निःशुल्क विरुवा वितरण

मालश्री अनलाइन, फागुन १० गते । गाउँपालिकामै पहिलो पटक किबि खेतीको लागि वडा कार्यालयबाट निःशुल्क विरुवा वितरण गरिएको छ । सुनछहरी गाउँपालिकाको वडा नम्बर ७ जेलबाङ वडा कार्यालयले आ.व २०७७र०७८ को २ लाख बजेटबाट ३६० वटा केबिको बिरुवा खरिद गरि वितरण गरिएको वडा सदस्य राज रोकामगरले बताउनु भयो । जेलबाङमा किबि खेतीको लागि पहिलो पटक भौगोलिक परिक्षणको लागि जेलबाङका विभिन्न गाउँका कृषकहरुलाई बिरुवा वितरण गरिएको जेलबाङका कृषि जेटिए बालाराम थापाले बताउनु भयो । जेलबाङ खिबाङ गाउँका दुई जना कृषकहरू लाई ५०र५० वटा, डाफे कृषक समुह जेलबाङ ठूलो गाउँलाई ११० वटा र रुलबाङ कोर्बाङ गाउँका कृषकहरूलाई बिरुवा वितरण गरिएको सदस्य राज रोकाले बताउनु भयो । सुनछहरी गाउँपालिका ७ जेलबाङ अलैंची खेतीको लागि राम्रो सम्भावना बोकेको वडा हो भने यहाँका कृषकहरूले किबि खेतीको लागि पनि भौगोलिक परिक्षणको रुपमा किबि बिरुवा वितरण गरिएको छ । परिक्षण पछि सफल भए व्यवसायीक खेती गर्ने कृषकहरुको भनाई छ ।

178 total views, 2 views today