तुलसीपुरमा जीप र अटो एक आपसमा ठोक्किदा एकजनाको मृत्यु

मालश्री अन्लाइन, फागुन १० । दाङको तुलसीपुरमा जीप र अटो रिक्सा एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरको चमिखोलामा सोमबार दिउसो सवा ३ बजेतिर भएको उक्त दुर्घटनामा परि गम्भीर घाईते भएका अटो रिक्सा चालक शान्तिनगर गाउँपालिका वडा नं. १ पेदीखोला निवासी ३० बर्षीय रेशम विकको मृत्यु भएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुरमा थप उपचारका क्रममा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो रिक्सा र विपरित दिशाबाट आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप एक आपसमा ठोक्किदा अटोरिक्सामा सवार अन्य चारजना घाइते भएका छन् ।

घाइते हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ३० बर्षीया रुपा वली, उनकी दुई बर्षकी छोरी पुष्पा वली तथा शान्तिनगर २ बाघमारे निवासी ५७ बर्षीय आनन्द बहादुर खड्का र शारदा केसी घाइते भएका छन् । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

121 total views, 1 views today