रोल्पामा करेन्ट लागेर दुई जना बालिका घाइते

मालश्री अन्लाइन, फागुन ११ । रोल्पामा हिजो करेन्ट लागेर दुई जना बालिका घाइते भएका छन । रोल्पाको परिबर्तन गाउँपालिका वडा नं. २ राङसीमा रहेको श्री जनसेवा नमुना माध्यमिक विद्यालयमा अध्यनरत दुइ जना बालिका करेन्ट लाग्दा घाइते भएका हुन । साबिकको राङसी ४ मक्तिम घर भएका बर्ष १५ कि भिम कुमारी बिक कक्षा ७ मा अध्यन गर्ने र सोहि निबासी बर्ष १६ कि मन कुमारी बिक कक्षा कक्षा ९ मा अध्यन गर्ने उनिहरु विद्यालयबाट हिजो दिउँसो साढे ४ बजेतिर घर फर्किदै गर्दा बाटोमै लडेर टान्सफर्ममा परि उनिहरुलाई करेन्ट लागेर घाइते भएको स्थानियले बताएका छन ।

गए राति १० बजेतिर उनिहरुलाइ जिल्ला स्वास्थ्य कार्यलय रेउघामा उपचारको लिएको र एक जनाको अबस्था सामान्य भएपनि भिम कुमारिको अबस्था गम्भिर रहेको जिल्ला स्वास्थ्य कार्यलय रोल्पाले जानकारि गराएको छ । त्याहाको स्थानिय सरकार र ठेकेदारले बेवास्था गरि टान्सफर्म बाटैमा राखेको हुनाले उनिहरु करेन्ट लागेर घाइते भएको बताइएको छ ।

227 total views, 1 views today