रोल्पाको परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको तयारी पूरा

मालश्री अन्लाइन, फागुन १३ । परिवर्तन गाउँपालिकामा भोलि देखि १८ गतेसम्म हुन गइरहेको परिवर्तन गाउँपालिका अध्यक्षकपको तयारी पुरा भएको आयोजकले बताएको छ।ूस्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदूभन्ने मुलनाराका साथ सुरुहुन गइरहेको उदघाटन समारोहको प्रमुख अतिथीमा लुम्बिनी प्रदेशका सभा सदस्य दिपेन्द्र कुमार पुनमगर रहने आयोजकको भनाइ रहेको छ।साथै अध्यक्षकपमा भलिबल छात्र(छात्रा,दौड १०० मिटर छात्र(छात्रा,दौड ४०० मिटर छात्र(छात्रा,दौड ८०० मिटर छात्र(छात्रा,दौड १५०० मिटर छात्र(छात्रा,रिले ४०० मिटर छात्र(छात्रा,सतफुत छात्र(छात्रा,ज्याब्लिङ थ्रो छात्र(छात्रा,लमजम्प छात्र(छात्रा,हाईजम्प छात्र(छात्रा,त्रीपलजम्प छात्र(छात्रा र ब्याडमिन्टन छात्र(छात्रा लगाएको प्रतियोगिता हुने उल्लेख गरिएको छ।कार्यक्रममा परिवर्तन गाउँपालिका भित्रका करिब ३३ वटा विद्यालयको सहभागी हुने परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सचीव दिपेन्द्र कुमार डाँगीको भनाइ रहेकोे छ।त्यसैगरी अध्यक्षकप उदघाटन समारोहको प्रत्यक्ष प्रसारण सामुदायिक रेडियो मालश्री एफएम १०० बिन्दु ५ मेगाहर्ज बाट गरिने त्यहाँ बाट हाम्रा सहकर्मी सुर्य प्रकाश बुढामगरले जानकारी दिनुभएको छ।

 

219 total views, 1 views today