रोल्पा आईटीएफ तेक्वान्दो संघले नयाँ प्रशिक्षण केन्द्र उदघाट्न गर्दै

मालश्री अन्लाइन, फागुन १३ ।  रोल्पा आईटीएफ तेक्वान्दो संघ ले खेल बिकास र बिस्तार गर्दै रोल्पा जिल्लाको विभिन्न ठाउँहरुमा तेक्वान्दो प्रशिक्षण गराउदै आएको छ खेलकुद लाई सहर केन्द्रित मात्र होइन गाउँ केन्द्रित पनि गर्नु पर्छ भन्ने हेतुले रोल्पा आईटीएफ तेक्वान्दो संघले विभिन्न दुर्गम बस्ती हरुमा प्रशिक्षण गराउदै आएको छ र सोही अबसरमा गगादेब गाउँपालिकाको ६ मा ताप्ला आईटीएफ तेक्वान्दो डोजाङ र ७ मा जायाचौर आईटीएफ तेक्वान्दो डोजाङ प्रशिक्षण केन्द्र खोलेको छ र उक्त डोजाङ को उदघाट्न यहि मिति २०७७ फागुन १५ गत्ते का दिन गगादेब गाउँपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्री को प्रमुख आतिथ्यता मा डोजाङ उदघाट्न तथा खेलाडीहरुको पेटी परिक्षा कार्यक्रम हुनेछ ।

 

224 total views, 1 views today