परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको एक कार्यक्रमका बिच उद्घाटन

मालश्री अन्लाइन, फागुन १३ । रोल्पाको परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको एक कार्यक्रमका बिच शुक्रबार उद्घाटन गरिएको छ । स्वास्थका लागी खेलकुद राष्टका लागी खेलकुद भन्ने भुल नाराका साथ परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको उदघाटन गरिएको हो । खेलकुद विकाश समितिका अध्यक्ष देव वहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका सांसद दिपेन्द्र पुनको प्रमुख आथित्यता रहेको थियो भने विशिष्ट अथितिहरुमा जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर वुढा रहनु भएको थियो । यस्तै अन्य अतिथतिहरुमा नेपाली काग्रसकी पुर्व साहायक राज्य मन्त्रि भिम कुमारी वुढा, परिवर्तन गाउपालिकका अध्यक्ष निमकान्त डागी, उपाध्यक्ष हित कुमारी वुढा मगर, प्रसासकिय अधिकृत डिल्ली खड्का, शिक्षा अधिकृत चित्रा वस्नेत लयागत ६ वटै वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि पुनले अध्यक्ष कपको निर्णय गर्नेमा परिवर्तन पहिलो भएको बताउनुभयो ।

 

 

पहिले जिल्ला स्थरमा हुने खेल अहिले गाउपलिकामा पुगेको बताउदै अवको खेलमा शिक्षाको विकाश सगै खेलकुदको विकाश हुनु आवश्यक रहेको औल्याउनु भयो । उहाले प्रदेशले खेलकुद क्षेत्रमा घेरै मात्रामा वजेटको व्यवस्था गरेको र त्यसलाई कार्यन्वयनमा ल्याउनको लागी पालिकाकले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो । यस्तै जिल्ला समुन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाले खेलकुद क्षेत्रमा एक पक्षियको जितहुने हुदा जितहुनले घमन्ड नगर्न र हार्ने पक्ष कमजोर हुन नपर्ने बताउदै एक विद्यालयबाट अर्की विद्याालयले सकारात्मक पाठ सिक्नु पर्ने बताउनु भयो ।

 

 

खेलकुद विकास समितिका सदस्य नगेन्द्र बुढाको स्वागत मनतब्य बाट शुरु भएको उद्घाटन कार्यक्रमको सन्चालन सचिब दिपेन्द्र कुमार डागिले गर्नु भएको थियो । अध्यक्षकप प्रतियोगिता यहि फाल्गुण १८ गते सम्म चल्ने त्याहाबाट हाम्रा सहकर्मि सुर्य प्रकाश बुढाले जानकारी दिनु भएको छ ।

 

 

329 total views, 1 views today