आधारभूत एकिकृत पाठयक्रम सम्बन्धि शिक्षक पेशागत क्षमता विकास तालिम समापन

मालश्री अन्लाइन, फागुन १५ । “संघिय नेपाल समृद्धिको आधार स्तरिय शिक्षा सबैको अधिकार“भन्ने मुलनाराको साथ सुरुभएको तालिम आज समापन गरिएको छ । लुम्बिनी प्रदेशको शिक्षा तालिम केन्द्र, रुपन्देहीको आयोजनामा रहेको थियोे भने सहजीकरण परिवर्तन गाउँपालिका शिक्षा शाखाले गरेको थियोे । समापन तालिमको अध्यक्षता परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढा रहनु भएको थियो भने अन्य अतिथीमा परिवर्तन गाउँपालिका प्रशासकीय अधिकृत डिल्ली खड्का, परिवर्तन गाउँपालिका शिक्षा शाखा अधिकृत चित्रा बस्नेत, लुम्बिनी प्रदेश शिक्षा तालीम केन्द्रका प्र.रा.स बालाराम वली,लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्रका शाखा अधिकृत माधव प्रसाद पोख्रेल र सामुदायिक रेडियो मालश्रीका पत्रकार सुर्य प्रकाश बुढामगर लगाएतको उपस्थिति रहेकोे थियो।राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत आधारभूत तह(१–३)एकिकृत सम्बन्धि शिक्षक पेसागत क्षमता विकास तालिमको समापन कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश तालीम केन्द्रका प्रशिक्षण डिल्लीकांन्त आचार्यले गर्नु भएको थियो ।

 

 

परिवर्तन गाउँपालिका शिक्षा अधिकृत चित्रा बस्नेतले, तालिममा सिकेका कुरालाई आफ्नो विद्यालयमा गएर सिकाउन र अनुसरण गर्न आग्रह गर्नु भएको थियो, सिकेको कुरा अरुलाई सिकाउन सकिएन भने कुनै अर्थ नराख्ने बताए।परिवर्तन गाउँपालिका प्रशासकीय अधिकृत डिल्ली खड्काले, पहिलेको तरिकाले अबको शिक्षाको अध्ययन गराउन नसकिने बताउदै अबको शिक्षा आधुनिक मुखी र पर्तिसप्रधा मुलुक हुनु पर्ने बताउनुभयो । साथै परिवर्तन गाउँपालिका शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याइरहेको बताउनु भाये ।देश संघीयतामा गएको बताउदै पाठ्यक्रम नयाँ ढंगले निर्माण भएको र प्रदेशका १२ वटा जिल्ला मध्ये रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका परेको बताउनु भयो । तालिमले सबैलाई केही फरक तरिका सिर्जना गर्ने र कक्षाकोठामा विद्यार्थीहरुलाई सिकाउन अहम् भूमिका खेल्ने समेत उहाले बताउनु भयो । । परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरले,हिजो कुन अवस्थामा थियौ र आज कुन अवस्थामा आएको स्मरण गर्दै आफ्नो गाउँपालिकामा प्रदेशले गरेको कामको सराहनीय पक्ष रहेको बताउनु भायो । अबको शिक्षाले प्रदिसप्रधा मुखी र दक्षता मुखी हुनु पर्ने र हरेक क्षेत्रमा भिडन सकने जनशक्ति उत्पादन गर्नु पर्ने बताउनु भायो । शिक्षा समय र परिस्थिति अनुसार व्यवहार मुखी हुनु पर्ने बताउनु भायो।तालीमले शिक्षक शिक्षिकाको तरिका तथा व्यवहारमा परिवर्तन ल्याउने समेत उहाले बताउनु भायो ।

 

 

साथै गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो भूमिका निर्वाह गरिरहेको बताउदै शिक्षाको स्थिति कमजोर भएको प्रती गहन चिन्ती भएकोर त्यसलाई सुधारमुखी गराउन जरुरी रहेको बताए।१० दिनको तालिममा परिवर्तन गाउँपालिका भित्रका करिब ४४ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थिया त्यहाँबाट हाम्रा सहकर्मी सुर्य प्रकाश वुढामगरले बताउनु भयोे ।

 

 

 

 

154 total views, 2 views today