नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ

मालश्री अन्लाइन, फागुन १५ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियतअनुसारको आकांक्षा राख्नुपर्ने बताउनु भयो ।

 

 

‘जनताले हामीलाई ५ वर्षका लागि प्रतिपक्षमा बस्ने हैसियत दिएका छन्,’ उहाँले भन्नुभयो, ‘ हैसियतअनुसारको आकांक्षा नराखे डुबिन्छ, संसदमा हाम्रो हैसियत सत्ता चलाउने होइन, प्रतिपक्षमा बस्ने हो ।’

वरिष्ठ नेता पौडेलले व्यवस्था बचे मात्र सत्तामा बस्न पाइने भएकाले कांग्रेसले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिनुपर्ने बताउनुभयो ।

अहिलेको अवस्थामा कांग्रेस व्यवस्था बचाउनतर्फ लाग्नुपर्ने उहाँको जोड छ । सत्ताका लागि विभिन्न प्रस्ताव आए पनि नफर्कन पौडेलले नेतृत्वलाई सचेत गराउनुभयो ।

143 total views, 1 views today