प्युठानमा एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्युु

मालश्री अन्लाइन, फागुन १६ । प्युठानमा अत्याधिक रक्तश्राबका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका – ७ तुषाराकि २६ बर्षिय अनिसा एमसि (थापा)को सुत्केरी भएको दुई दिन पछि मृत्यु भएको हो । दुई दिन अगाडि अप्रेसन गरि बच्चा सकुसल जन्माएकी अनिसाको पेटमा रगत जमेपछि पुन अप्रेसन गर्दा अत्यधिक रक्त श्राव भएर ज्यान गएको मृतकका आफन्त टंक थापाले बताए । अस्पतालमा कार्यरत चिकित्सकहरुले अनिसालाई जिल्ला अस्पताल प्युठानमै ठिक हुने सान्त्वना दिदै आएको आफन्तको भनाई छ । तर, सुत्केरी अनिसाको अन्तिम अबस्थामा अस्पतालले आज बिहान ३ बजे रिफर दिएको थियो । रिफर दिएको एक घन्टामै प्युठानबाट बुटवल लैजाने क्रममा दाङको भालुवाङमा सुत्केरी अनिसाको निधन भएको पारिवारिक श्रोतले बताएको हो ।

 

221 total views, 2 views today