प्युठानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु गएकाे प्युठानमा बिरोध प्रदर्शन

मालश्री अन्लाइन, फागुन १६ । प्युठानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल परिसरमा धर्ना दिएका छन् । प्रसूति गराउन प्युठान जिल्ला अस्पताल बिजुवारमा लगिएकी झिमरुक गाउपालिका–७ तुसाराकि २६ बर्षिय अनिसा एमसि ( थापा)को सुत्केरी भएको दुई दिन पछि मृत्यु भएको प्रहरीले जनाएको छ । एमसीको मृत्युपछि मृतकका आफन्त सहितका स्थानीयहरूले आईतबार विहान देखि नै प्रदर्शन गरिरहेका छन् । ‘डाक्टरले लापरबाही गरेकैले अनिसाको मृत्यु भएको हो,’ अनिसाका आफन्त टंक थापाले भने । लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ ।

 

स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । अनिसाको पेटमा रगत जमेपछि पुन अप्रेसन गर्दा अत्यधिक रक्त श्राव भएपछि ज्यान गएको थापाले बताए । अस्पतालमा कार्यरत चिकित्सकहरुले अनिसालाई जिल्ला अस्पताल प्युठानमै ठिक हुने सान्त्वना दिदै आएको आफन्तको भनाईछ । तर सुत्केरी अनिसाको अन्तिम अबस्था आउदा अस्पतालले आज बिहान तीन बजे रिफर दिएको थियो । रिफर दिएको एक घन्टामै प्युठानबाट बुटवल लैजाने क्रममा दाङको भालुवाङमा सुत्केरी अनिसाको निधन भएको हो । नवजात शिशु भने सकुशल छन् ।

260 total views, 1 views today