आधारभूत एकिकृत पाठयक्रम सम्बन्धि शिक्षक पेशागत क्षमता विकास तालिम सम्पन्न

मालश्री अन्लाइन, फागुन १६ । राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम अन्तर्गत आधारभुत तहमा कक्षा १– ३ सम्म एकीकृत पाठ्यक्रम सम्बन्धि शिक्षकहरुको क्षमता बिकास १० दिने तालिम सुनछहरी गाउँपालिका पोबाङमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष आशबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विरबहादुर पुनको बिशिस्ट आतिथ्यता रहेको भने शिक्षा तालिम केन्द्र रुपन्देहीका शाखा अधिकृत मनोज श्रीमल लगाएतको आतिथ्यता थियो ।

 

 

शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजना तथा सुनछहरी गाउँपालिकाको समन्वयमा भएको तालिममा सुनछहरी गाउँपालिका भित्रका ३३ वटा बिधालयका ३३ जना शिक्षकहरुको सहभागीता रहेको गाउँपालिका शिक्षा शाखाका प्राबिधिक सहायक शान्ता शर्माले बताउनु भयो । तालिममा प्रशिक्षण ओम प्रकाश बिष्ट र डोरबहादुर रोकाले गर्नु भएको शिक्षा तालिम केन्द्रका शाखा अधिकृत मनोज श्रीमलले जानकारी दिनु भयो । समापन कार्यक्रमको अध्यक्षता गाउँपालिका शिक्षा तालिम केन्द्रका श्रीमलले गर्नु भएको थियो भने संचालन प्रशिक्षक ओमप्रकाश बिष्टले गर्नु भएको थियो।

213 total views, 2 views today