नेपाली कांग्रेसका नेता जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

मालश्री अन्लाइन, फागुन १६ । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

मस्तिष्कघात भएपछि बिहिवार राति वीर अस्पताल लगिएका जोशीलाई शुक्रवार बिहानै नर्भिक अस्पताल पठाइएको थियो ।

 

 

उहाँको मष्तिष्कमा जमेको रगत र पानी निकालेर उपचार भइरहेको छ । आज बिहान गरिएको सिटी स्क्यान रिपोर्टमा सुधार देखिएको उपचारमा संलग्न डाक्टर राजिव झाले जानकारी दिनुभयो ।

अझै केही दिन यही विधिबाट उपचार गरेपछि मात्रै थप उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।

उहाँको शरीरको देब्रेपट्टी समस्या देखिएको छ भने दाहिने पट्टीको भाग विस्तारै चल्दै गएको बताइएको छ ।

165 total views, 2 views today