आधारभूत तथा माध्यमिक बिधालयहरुका छात्राहरुलाई स्यानेटरी प्याड वितरण

मालश्री अन्लाइन, फागुन १७ ।  सुनछहरी गाउँपालिकाको आधारभूत तथा माध्यमिक बिधालयहरुका छात्राहरुलाई स्यानेटरी प्याड वितरण गरिएको छ। सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले आज एक कार्यक्रमका बिधालयका प्रधानाध्यापकहरु लाई हस्तान्तरण गर्नु भएको हो।

गाउँपालिकाका १० वटा आधारभूत तथा माध्यमिक बिधालयहरुका छात्राहरुलाई स्यानेटरी प्याड वितरण गरिएको गाउँपालिका शिक्षा शाखा प्राबिधिक सहायक शान्ता शर्माले जानकारी दिनु भयो।  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगर ,शिक्षा शाखा प्राबिधिक सहायक शान्ता शर्मा लगाएतको उपस्तिथि रहेको थियो।

 

179 total views, 3 views today