प्युठानको ऐरावतीमा आगोलागीमा परी बृद्धको मृत्यु
मालश्री अन्लाइन, फागुन १९ । प्युठानको ऐरावतीमा एक घरमा आगलागी भएको छ । ऐरावती गाउँपालिका १ सल्लिकोटमा आगोलागीमा परेर एक बृद्धको मृत्यू भएको छ । आफ्नै घरमा बिद्युत सर्ट भई आगो लागे पछि समान बचाउन खोज्दा ८० बर्षिय आइत सिङबिरकट्टाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
आज बिहान ७ बजे लागेको आगोमा सिङबिरकट्टाको घर गोठ समेत नष्ट भएको छ ।
भने उनको श्रीमति, बुहारी र नातिनातिनाहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
187 total views, 4 views today