पालिका स्तरीय खोप र सरसफाइ प्रबर्द्धन समिक्षा कार्यक्रम पोबाङमा सम्पन्न

मालश्री अन्लाइन, फागुन १९ । सुनछहरी गाउँपालिकावडा नं. ५ पोबाङमा आज फागुन १९ गते पालिका स्तरीय खोप र सरसफाइ प्रबर्द्धन कार्यक्रम समिक्षा तथा खोप समिति अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष आशबहादुर पुन,उपाध्यक्ष पबित्रा घर्ती ,प्रमुख प्रशासकीय अधिकृत विरबहादुर पुन,वडा अध्यक्षहरु, गाउँपालिकाका सम्पुर्ण स्वास्थकर्मीहरु,ईलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सुर्यलाल गुरुङ , देविमन्दिर माध्यमिक बिधालय पोबाङका प्रधानाध्यापक विष्णुप्रसाद खनाल, ज्ञानोदय लुङग्री एकता युवा क्लब जैमाकसलाका अध्यक्ष बिनोद पुन,सुआहाराका निराज पुन लगाएतको उपस्थिति रहेको थियो।

 

 

कार्यक्रममा कोभिड (१९ रोग विरुद्ध खोप अभियानको उद्देश्य ,अभियान संचालन प्रक्रिया , लक्षित समूह निर्धारण र चरण ,कोभिड(१९ रोगको परिचय ,उच्च जोखिम वर्ग,रोगको महामारीको वर्तमान अवस्था,लक्षण,चिन्ह,भाइरस सर्ने माध्यम ,रोगको पहिचान र निदान,बच्ने उपाय खोप अभियानको संचालन र रणनीति,खोप केन्द्र र शेसन संचालन अवधी ,खोप दिने स्वास्थ्यकर्मी र सहयोगी र परिचालन स्वयंसेवकको छ्नोट र परिचालन , विभिन्न तहमा समितिहरुको व्यवस्था र जिम्मेवारी, पालिका स्तरीय खोप समन्वय समिति, वडा खोप समन्वय समिति र जिम्मेवारी , कोरोना (१९ रोगको विरुद्धको खोपको परिचय ,कोभिशिल्ड भ्याक्सिनको परिचय र प्रयोग, खोप पश्चात् हुनसक्ने अवाञ्छित घटनाहरु, खोप दिदा सावधानी अपनाउनु पर्ने अवस्था लगाएत विषयमा सहजीकरण गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले गर्नु भएको थियो। भने गाउँपालिका स्तरीय स्वास्थ्य कार्यालयहरुले अर्धवार्षिक रुपमा भए गरेका बारेमा समिक्षा पनि गरिएको थियो।

 

 

कार्यक्रममा स्वास्थ्य सेवा उपयोगजो विवरण ,राष्ट्रिय खोप कार्यक्रम र राष्ट्रिय खोप कार्यक्रमको ३ वर्षको तुलनात्मक कभरेज,आधारभुट स्वास्थ्य सेवा र खोप कार्यक्रम ,आधारभूत स्वास्थ्य सेवा ,स्थानीय तहको स्वास्थ्य सम्बन्धि अधिकारका बारेमा जानकारी स्वास्थ्य संयोजक बुढाले गराउनु भएको थियो। कार्यक्रममा पुर्ण खोप कार्यक्रम अन्तर्गत खोपबाट बचाउन सकिने रोगहरु र खोपबाट बचाउन सकिने रोगहरु र जटिलता,पुर्ण खोपको औचित्य ,पुर्ण खोपको सुनिश्चितता र दिगोपनाको रणनीति,पुर्ण खोप सुनिश्चितता कार्यक्रम ,पुर्ण खोप वडा र पालिका घोषणाका आधारहरु,पुर्ण खोप घोषणाको दिगोपनाको लागिसंचालन गर्नु पर्ने गतिविधिहरु,पुर्ण खोप वडा र पालिका घोषणाका आधारहरु लगाएतको बारेमा जानकारी स्वास्थ्य संयोजक बुढाले गराउनु भएको थियो।

 

157 total views, 3 views today