थबाङमा १०दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । शिक्षातालिम केन्द्र रुपन्देहीको आयोजनामाआजथबाङ गाउँपालिकाको सभाहलमा राष्ट्रिय प्रारम्भिककक्षा पढाई कार्यक्रमअन्र्तगतआधारभूततहकक्षा १ देखी ३ सम्मको शिक्षकशिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन गरिएको छ ।थबाङ गाउँपालिका समाजिकविकास शाखा संयोज तथा वडा नं ४ का वडा अध्यक्षउदिम घर्ती मगरको अध्यक्षतामा सन्चालनभएको १० दिने तालिमको उद्घाटन थबाङ गाउपालिकाउपाध्यक्ष रामकिरणी रोकामगरले गर्नु भएको छ । १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिममाशुभकामनामन्तव्य राख्दै शिक्षातालिम केन्द्र रुपन्देहीकाप्रमुखयमबहादुर केसीले हामीजव लेखाई, सुनाई र बोलाइमा सुधार गर्छौ तवमात्रै हाम्रो सिक्षण सिकाईमा सुधार हुने बताउनु भयो । हामीले पढ्दै गर्दा विषयगत पाठ्यक्रमको आधारमा पढ्यौ र गतवर्षहरुमात्यहीविषयगतआधारमाअध्यनअध्यापन गराउदै आयौ तर यस शैक्षिक क्षेत्रबाट आधारभुततहमाएकिकृत पाठ्यक्रमलागु भैसकेकोले अवचाहीहामीत्यही पाठ्यक्रमअनुुसार शिक्षण गराउनु पर्ने भएकोले तपाईहरुको लागी यो तालिमविषेश महत्वपुर्ण तालिमभएको ध्यानदिएर क्रियासिलभएर तालिमलिनुहुनप्रमुख केसीले अनुरोध गर्नुभयो । कार्यक्रमको प्रमुखअतिथिगाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका मगरले पाठ्यक्रमनयाआए सँगै तपाईहरुको लागीआफ्नै ठाउमा यसरी तालिमलिने अवसर जुटाएकोमाशिक्षातालिम केन्द्र रुपन्देहीको टिमलाई धन्यवाददिनु चाहान्छु । हामी पढ्ने समयमाहामीलाई पढ्नु हुदैन भनेर हामील पढाइबाट बन्चीतभयौँ तर अहिले समयसगै नयाँ पाठ्यक्रमनयाँनयाँ कुराको अनुसन्धान ज्ञान सगै हाम्रो बालबालिकाले शिक्षण गर्न आवश्यक रहेकोले यस्ता तालिमको आवश्यक रहने उहाले बताउनु भयो ।
कयौँ विद्यार्थीको जिवन एक शिक्षकमा भर पर्ने भएको शिक्षिकशिक्षिकाहरु पनि त्यसै अनुसार नयाँ ज्ञानको आवश्यकहुने भएको यस सुखदअवसर मिलेको तालिममातपाईहरुले राम्रो सँग ज्ञान हासिलगर्न समेत अनुरोध गर्नु भयो ।
उद्घाटन कार्यक्रमको समापनगर्दै समाजिकविकास शाखा संयोजकतथा वडा नं ४ का वडा अध्यक्षउदिम घर्तीमगरले आफ्नै ठाउँमा आएर तालिमप्रदानगर्ने शिक्षातालिम केन्द्र रुपन्देहीलाई धन्यबाददिदै , तालिममा सहभागीभएर शिक्षकशिक्षिकाहरुले आफुले सिकेको ज्ञानलाइ व्यवहारमाउर्ताने कुरामाआफु विश्वस्तभएको बताउनु भयो ।
कार्यक्रमको सन्चानशिक्षा,युवातथा खेलकुदविकास शाखाकीप्राविधिक सहायक सुनितामहतराले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षातालिम केन्द्र रुपन्देहीका लेखाअधिकृत,दामोदर पन्त , अधिकृत तुल्सीराम ज्ञ्वाली , प्रशासन सहायक शुरेशसुमन वुद्धाचार्यलगायतले तालिमको सहजिकरण गर्नुहुने छ ।
राष्ट्रिय प्रारम्भिककक्षापढाईकार्यक्रमअन्र्तगतआधारभूततहकक्षा १ देखी ३ सम्मको शिक्षकशिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिममाथबाङ गाउँपालिकाकाप्रत्येक स्कुलबाट एक एकजना गरेर २५ जनाशिक्षकशिक्षिकहरुको तालिमा सहभागीरहनेछन् भने तालिमफाल्गुन २८ गते सम्म सन्चालनहुने छ ।

238 total views, 1 views today