सुनिल स्मृति गाउँपालिका ४ नं. वडा कार्यालय द्वारा विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण

मालश्री अन्लाइन, फागुन १९ । शिक्षा लाई प्राथमिकतामा राखेको सुनिल स्मृति गाउपालिकाका वडा न ४ ले विभिन्न सैक्षिक सामाग्रीहरु वितरण गरेको छ । शिक्षामा ४ नं वडाको कदर,बिद्द्यालयमा भर्ना हुने बिद्द्यार्थिको लहर “ भन्ने मूल नारा सहित यस कार्यालयले संचालन घरेको नंया बिद्यार्थी भर्ना अभियान अन्तर्गत सुनिल स्मृति गाउँ पालिका वडानम्बर ४ अन्तर्गत का चार वटा सामुदायिक बिद्द्यालयका १५४ बिद्द्यार्थी हरुलाईे दुइ दिन लगाएर प्रत्येक बिद्द्यालय मै गइ वडाध्यक्षको सहितको टोलीले अभिभाबक ,बि.व्य. स का पदाधिकारी ,शिक्षक शिक्षिका हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अवसर पारेर बिद्द्यार्थिहरुलाई १÷१ जोर बिद्द्यालय पोशाक , १÷१ ओटा झोला, १÷१ दर्जन शिशा कलम र १÷१ दर्जन कापी वितरण गरिएको छ । वडा नम्बर ४ सुलिचौर रोल्पा द्वारा आफ्नो वडा मा शैशिक सत्र २०७७ को लागि पनि आफ्नो टोल टोल , बस्ति बस्ति र बिद्द्यालाय्मा बिद्द्यार्थी भर्ना अभियान २०७७ संचालान गरेको थियो । वडाको चौतर्फी बिकासमा तिब्र गतिमा अगाडी लम्की रहेको यस वडाले शिक्षा क्षेत्रमा पनि ठुलो लगानी गरिरहेको छ ।

 

 

 

 

गरिबीको कारण धेरै बालबालिका हरु शिक्षाबाट बन्चित रहेको पाइएको यो अबस्थामा ,शिक्षालाई सम्पूर्ण जनताको पहुँच मा पुर्याउन र जेसुकै कारण ले भएपनि कुनै पनि बल बालिका शिक्षाबाट बन्चित हुनु नपरोस भनि गत शैशिक शत्र २०७६ बाट जिल्लामै नबिन कार्यक्रम ल्याई भर्ना अभियान अगाडी बढाइएको छ । यस अभियानमा वडा भित्र संचालित ४ ओटै सामुदायिक बिद्द्यालय हरु कक्षा १मा नंया भर्ना हुने सम्पूर्ण बिद्द्यार्थिहरुलाई १÷१ जोर बिद्द्यालय पोशाक, १÷१ ओटा झोला, १÷१ दर्जन शिशा कलम र १÷१ दर्जन कापी वितरण गरिनेछ । यस अभियान ले पक्कै पनि बिद्द्यार्थी भर्ना दर बढ्नुको साथै बिद्द्यार्थी , अभिभावाक र सम्पूर्ण शिक्षा क्षेत्रमा ठुलो टेवा पुग्ने बिस्वास लिएको बताइएको छ ।

 

 

 

वडा मा ४ ओटा सामुदायिक बिद्द्यालय रहेको सुर्योदय मा.बि. सुलिचौर, जनता आ.नि.मा.बि. कोइरालखर्क सरस्वति प्रा. बि. बाग्मा र बराहक्षेत्र प्रा.बि धनचौरमा भर्ना मिति सकिए पछी तत्काल सम्पूर्ण बिद्द्यार्थिको तथ्यांक वडा कार्यालय मा आउदा साथ सामाग्री बितरण गरेइको हो । सबै बिद्यालय मा स्वस्थ पिउने पानि उपलब्ध गराउने उदेश्यले प्रत्येक विद्यालयको प्रत्येको कोठामा पुग्ने गरि फिल्टर वितरण गरिको छ ।

 

यस्तै खेलकुद मा जोड दिदै प्रत्येक बिद्यालय हरुलाई फुटबल,भलिबल, नेट, ब्याडमिन्टन, नि क्याप लगायतका खेलकुदका सामाग्री पनि वितरण गरिएको छ. २०७५ को शैक्षिक सत्र देखि नै जिल्लामै मै पहिलो पटक गरिएको “ शिक्षण सिकाइ कुना “ कार्यक्रम अन्तर्गत केहि दिन अगाडी नै सम्पूर्ण बिद्द्यालयका माथिल्ला कक्षाका बिद्द्यार्थी हरुलाई घर घरमा पढ्ने बातावरण श्रीजना गर्ने हेतुले प्रत्येक बिद्द्यार्थिलाई १÷१ ओटा कुर्ची र टेबल वितरण गरिएको छ । जसकोचारैतर्फबाट सकारात्मक नतिजा आइरहेको छ । उपलब्धी राम्रो छ । सम्पूर्ण वडा को तर्फबाट गरिएका यस्ता क्रियाकलाप ले पक्कै पनि गुणस्तरीय शिक्षा र विद्यार्थीको चौतर्फी विकास मा जोड पुग्ने आशा वडा बासि हरुलाई आ–आफ्ना छोरा छोरीलाई नजिक को बिद्द्यालयमा भर्ना गरि शिक्षालाई अंगाल्न हार्दिक अनुरोध गरिएको छ ।

 

 

218 total views, 1 views today