स्थानीय तहमा विपद प्रतिकार्य सम्बन्धि तालिम सुनछहरी गाउँपालिकामा उद्घाटन

मालश्री अन्लाइन, फागुन २० ।  विपदको उच्च जोखिममा रहेका स्थानीय तहमा विपद प्रतिकार्य सम्बन्धि ३ दिने तालिम सुनछहरी गाउँपालिकामा उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना एवं सुनछहरी गाउँपालिकाको संयोजनमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगरले गर्नु भएको थियो भने कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन,मन्त्रालयका विपद व्यवस्थापन शाखा प्रमुख बालाराम पन्थी,शस्त्र प्रहरी बलका प्रहरी निरीक्षक बिवेक नेपाल,प्रहरी सहायक निरीक्षक सुशील गौतम,वडा नम्बर ७ वडा अध्यक्ष टिकाबहादुर बुढामगर पत्रकार हर्क घर्ती, जुनिसकुमार बिष्ट लगाएतको आतिथ्यता रहेको थियो। मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको मन्त्रालयका विपद व्यवस्थापन शाखा प्रमुख पन्थीले बताउनु भयो। उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत पुनले भन्नू भयोू गाउँपालिकामा विपद व्यवस्थापन समिति गठन गरि विपद सम्बन्धि प्रतिकार्यहरु गर्दै आएको बताउनु भयो।साथै विपदमा परेका ब्यक्तिहरुलाई गाउँपालिकाको विपद कार्यबिधी अनुसार राहतहरु वितरण गरेको समेत बताउनु भयो ।

 

उद्घाटन कार्यक्रमलाई समापन गर्दै गाउँपालिका उपाध्यक्ष घर्तीले भन्नू भयोू सुनछहरी गाउँपालिका विकट र दुर्गम भएकोले गाउँपालिकामा पहिरो,आगलागी ,चट्याङ ,हावाहुरी लगाएतले विपद निम्त्याएको बताउनु भयो । तालीममा गाउँपालिका भरीका वडा तथा गाउँपालिकाका विपद व्यवस्थापन समितिका पदाधिकारीहरु को उपस्तिथि रहेको छ।

 

 

तालिममा विपदका १३ वटा विषयबस्तु,स्थानीय तहले विपदका लागि गर्ने कार्य,स्थानीय तहमा गठित कार्यदलका कार्यहरु विपद प्रतिकार्यमा प्रयोग हुने आधारभूत सामाग्रीहरु र स्थानीय रुपमा उपलब्ध सामाग्रीहरु बारे सिकाइने शाखा अधिकृत पन्थीले बताउनु भयो । कार्यक्रमको संचालन मन्त्रालयका रोमनाथ भुषालले गर्नु भएको थियो भने तालिमको उद्देश्य सहित स्वागत मन्त्रालयका सूचना बिभागका अधिकृत खिलानाथ दाहालले गर्नु भएको थियो ।

 

201 total views, 1 views today