गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मालश्री अन्लाइन, फागुन २० । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सरुमारानी – २ मैदान प्युठानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले बिहिबार प्रतियोगिताको उद्धघाटन गर्नुभयो। सो अबसरमा उहाले राष्ट्रलाई एकजुट बनाउने एक मात्र सशक्त माध्यम खेलकुद भएको बताउनुभएको छ ।

 

 

 

बिभाजित भैरहने राजनीती र अरु क्षेत्रलाई खेलकुदले राष्ट्रिय अनुशासन र सभ्यताको महत्वपुर्ण सन्देश दिने बताउनुभयो । खेलकुद क्षेत्रको बिकासका लागि पार्टी तथा सरकार लागिरहेको बताउदै उहाले स्थानीय स्तरबाट समेत खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने र खेलाडी उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय खेलकुद क्षेत्र पनि व्यवसायको रुपमा अघि बढेको उहाँले उल्लेख गर्नुभएको छ । ‘खेलाडीहरु संसारका धनि व्यक्तिका रुपमा देखा पर्न थालेका छन्,’ उहाँले भन्नुभयो,‘खेलाडीहरुले राम्रो आम्दानी गर्ने अवसर छ ।’ उहाँले पारस खड्का, सन्दिप लामिछानेको बारेमा चर्चा गर्दै खेलक्षेत्रबाट पनि राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो । युवाहरुका विचमा गहीरो सम्वन्ध स्थापीत गर्न खेलको ठुलो भुमीका हुने उहाको भनाई छ ।

 

 

उद्धघाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य हरि प्रसाद रिजाल सहित जिल्ला स्थित सरकारी अधिकारीहरुको उपस्थिती रहेको थियो। प्रतियोगितामा पालिकाभित्रका सामुदायिक २३ वटा विद्यालयका खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउने पालिका स्तरियखेलकुद बिकास समितीका संयोजक भरत एमसीले बताउनुभयो।प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, दौड, ज्याभ्लिन थ्रो लगायतका खेल हुँदैछन् । प्रतियोगिता शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।

 

 

195 total views, 1 views today