माओवादी विद्रोहीले सुरुङमा विस्फोट झारखण्डमा तीन भारतीय प्रहरीको मृत्यु

मालश्री अन्लाइन, फागुन २० ।  भारतको झारखण्डको पश्चिमी सिंहभूमि जिल्लामा बिहीबार माओवादी विद्रोहीले सुरुङमा विस्फोट गराउँदा तीन प्रहरीको मृत्यु भएको छ ।

 

बिबिसीका अनुसार विद्रोहीले सुरुङमा विस्फोटक पदार्थ जडान गरेका थिए । सुरुङ विस्फोटनकै घटनामा अन्य दुई प्रहरी घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई हेलिकोप्टरबाट राँची ल्याइएको छ । त्यहाँस्थित मेडिका अस्पतालमा उनीहरुको उपचार भइरहको छ ।

विद्रोहीको आक्रमणमा परेका प्रहरीहरु झारखण्डस्थित जगुआर के एसल्ट ग्रुप–११ का हुन् ।

मृतक प्रहरीहरुको नाम कन्सटेबल हार्डवर शाह, किरण सुरिन र देवेन्द्र पण्डित रहेको बताइएको छ ।

हाल प्रहरीले विद्रोहीहरुको खोजी कार्य जारी राखेका छन् ।

143 total views, 2 views today