नेपालमा थप १०७ जनामा कोरोना पुष्टि

मालश्री अन्लाइन, फागुन २० ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४४८ पुगेको छ ।

 

 

पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ६८३ जना स‌ंक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १० पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७९५ रहेको छ ।

131 total views, 3 views today