१११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्मा ईलाका प्रहरी कार्यालय होलेरीले साताव्यापी कार्यक्रम गर्ने
मालश्री अन्लाइन, फागुन २० । जिल्लाको रोल्पा रुन्टिगढी गाँउपालिका वडा नं. ९ होलेरी स्थित ईलाका प्रहरी कार्यालय होलेरीले १११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्मा साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । रोल्पा जिल्लाको होलेरी बजारमा बजार आसपासका महिला,विद्यार्थी, युवाहरु, सञ्चारकर्मीहरुलाई राखेर जनचेतना मूलक कार्यक्रमको आयेजना गरिएको हो ।
ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमूख प्रहरी निरीक्षक खड्काले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने नारी दिवसको उपलक्ष्यमा एक हप्ते कार्यक्रम संचालन गरी कार्यक्रमको दोस्रो दिन आज समाजमा हुने गरेका बिभिन्न महिला हिंसा सम्बन्धी बिषयमा प्रशिक्षण प्रदान गरी जनचेतनामूलक कार्यक्रम गरिएको बताए । प्रहरी निरीक्षक खड्काले भने,‘समाजमा महिलामाथी हुने जति पनि हिंसा,अन्याय अत्याचार र दमनका विरुद्ध सवै एक जुट भएर लाग्नु सव्य समाज निमार्णको मुख्य आधार पनि हो , कुनै पनि महिलामाथी हुने हिंसा कानून त दण्डनिय हुने हुदा प्रहरीका समक्ष यस्ता सुचना दिन आवश्यक रहेको छ ।’
कार्यक्रममा बोल्दै युवा समाज सेवी तथा सञ्चारकर्मी रोसन दानीले महिलाहरुको अधिकार सुनिश्चित गर्दे महिला माथी हुने विभेद,हिंसा अन्तयका लागि समाजका हरेक नारीलाई शिक्षित वनाउदै उनीहरुको सुरक्षा,सम्मान र रोजगार भए समृद्धि नेपालको आधार तय हुने बताए ।
हाम्रो आवाज चेलीवेटी वेचविखन मुक्त समाज,महिला विरुद्ध हुने हिंसा अन्त्य गरौं,विस वर्ष पारी विहेवारी,घर शान्ति नै विश्व शान्तिको आधारः दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौ लगायत नाराहरु सहितको कार्यक्रम बजार क्षेत्रमा गरिएको थियो ।
203 total views, 2 views today