कोभिड १९ विरुद्धको खोप समन्वय समितिका पदाधिकारी लागी सञ्चारकर्मिहरु विच अन्तरक्रिया

मालश्री अन्लाइन, फागुन २० ।  कोभिड १९ रोग विरुद्धको खोप अभियान २०७७–७८ खोप समन्वय समितिका पदाधिकारी हरुको लागी अभिमूखिकरण तथा सञ्चारकर्मिहरु विच अन्तरक्रिया सम्पन्न भएको छ । कोभिड १९ जिल्ला खोप समन्वय समिति रोल्पाको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभा हलमा विहिबार सम्पन्न भएको हो । खोप समन्वय समिति रोल्पाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाको अध्यक्षतामा भएको कार्याक्रममा श्री नटुकदल गण रोल्पाका गनपती अरुण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय रोल्पाका डि.ए.स.पि नरेश सुवेदि, रोल्पा अस्पताल रेउघाका डा. धनमाया घर्तिमगर, ससत्र प्र.ना.उ होमनाथ भट्टाराइ, साहायक प्रमुख जिल्ला अधिकारी मनोज कुमार शैनि, स्वास्थ्य कार्यालय रोल्पाका नि.प्रमुख नोखराज पोख्रेल, नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष महेश न्यौपाने लगाएत विभिन्न सञ्चार माध्यममा क्रियासील पत्रकार तथा सञ्चारकर्मि, स्वास्वास्थ्यकर्मि लगाएतको उपस्थीती रहेको थियो । आजको अन्तरक्रियामा फाल्गुण २३ गते देखि सुरु हुने दोस्रो चरणको खोप अभियानको बारेमा छलफल गरिएको हो । आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान १० दिनसम्म चल्ने भएको छ ।

 

पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका जेष्ट नागरिकलाइ खोप लगाइने स्वास्थ्य कार्यालय रोल्पाका नि. प्रमुख नोखराज पोख्रेलले बताउनु भयो । खोप लगाउने व्यक्तिहरुले उमेर खुल्ने परिचयपत्र लिएर आफ्नो नजीकको खोप केन्द्रमा जानुपर्ने स्वास्थ्य कार्यालय रोल्पाले जनाएकोछ । कोरोना भाइरस विरुद्धको खोप विश्व स्वास्थ्य संगठनले पनि प्रयोगका लागि अनुमति दिइसकेको भन्दै कोभिसिल्ड खोप सुरक्षित भएकोले ६५ वर्ष माथिका सवै जेष्ठ नागरिक लाई खोप लगाउन आग्रह समेत गरिएको छ । कोरोना विरुद्ध खोप लगाउन ६५ वर्ष माथिका सवै ज्येष्ठ नागरिकलाई सहयोग गरिदिन स्वास्थ्य कार्यालय रोल्पाका नि. प्रमुख नोखराज पोख्रेलले आग्रह समेत गर्नु भयो । खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन अनुरोध समेत गर्नु भयो । कोभिसिल्ड खोपको दुई मात्रा लगाउनु पर्ने भएकाले खोपको पहिलो डोज लगाइसकेका व्यक्तिले पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनु पर्ने समेत स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, शरीर दुख्ने, थकाइ लाग्ने जस्ता सामान्य लक्षण देखिने र यस्ता लक्षण केही समयमा ठीक भएर जाने भन्दै ढुक्क भएर खोप लगाउन आग्रह गरिएको छ ।

175 total views, 2 views today