५ किलो १ सय ग्राम अवैध लागु औषध अफिम सहित रोल्पा बाट २ जना पक्राउ

मालश्री अन्लाइन, फागुन २१ । ५ किलो १०० ग्राम अवैध लागु औषध अफिम सहित रोल्पा बाट २ जना व्यक्ती पक्राउ परेका छन् । रोल्पाको थवाङ गाउँपालीका वडा नंं. ५ मिरुल समेसार स्थित वर्ष ३८ का रामधन वुढा र परिवर्तण गाउँपालीका वडा नं. ३ कुरेली दालीमका वर्ष ३६ का सुकलाल घर्तिमगर विहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । रामधन बुढाको घरमा अवैध लागु औषध अफिको ओसारपसर तथा कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरिक्षक सन्तोष कुमार के.सीको कमाण्डमा सादा पोशाकमा खटि गएको प्रहरी टोलीले थवाङ गाउँपालीका वडा नंं ३ स्थिीत रामधन बुढाको घरमा खानतलासी गर्ने क्रममा घर भित्र लुकाई राखेको अवस्थामा हरियो रंगको प्लाष्टिक बोहोरा भित्र सेतो, रातो रंगको प्लाष्टिकमा बाँधि १३ वटा पोका बनाइ अवैध लागु औषध (अफिम) जस्तो देखिने ५ किलो १०० ग्राम कालो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक शन्तोष कुमार के.सी ले जानकारी दिनुभयो ।साथै दुई किलो ग्रामको ढक, २ थान, १ किलो ग्रामको ढक १ थान, ५०० ग्रामको ढक १ थान, २०० ग्रामको ढक १ थान, १०० ग्रामको ढक २ थान र ५० ग्रामको ढक १ थान तौल गर्ने स्टिलको भाँडा सहितको तराजु १ थान समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका २ जना लाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

 

 

358 total views, 3 views today