गंगादेव गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तगत घटना दर्ता सम्बन्धि ३ दिने प्रशिक्षण एवम् कम्युटर बितरण कार्यक्रम सम्पन्न

मालश्री अन्लाइन, फागुन २८ । गंगादेव गाउँपालिका रोल्पामा सामाजिक सुरक्षा तथा व्यक्तगत घटना दर्ता सम्बन्धि ३ दिने प्रशिक्षण एवम् कम्युटर बितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतको अध्यक्षतामा न्यायीक समितिको हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री रहनु भएको थियो । विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष रिता घर्ती रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, गाउँपालिका शाखा प्रमुखहरु, ७ वटै वडाका सचिवहरुको उपस्थिति रहेकोे थियोे ।

 

कार्यक्रममा ७ वटै वडामा कम्प्युटर सेट र प्रिन्टर बितरण गरिएको छ । कार्यक्रमका सहभागी र प्रशिक्षकलाई प्रमाणपत्र समेत बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले सबै वडामा कम्युटरको प्रयोग बढाउनु पर्ने बताउनु भएको छ । उहाले व्यक्तिगत घटना दर्ता हेर्दा सामान्य भय पनि नितिगत रूपमा सबै जानकार हुनु पर्ने बताउनु भएको छ । उहाँले गाउँपालिकाले गरेका सबैकाको दस्तावेजिकरण गर्नु पर्ने बताउदै सबै शाखा र वडालाई प्रगति बिवरण सङकलन गरेर गाउँपालिकाको प्रशासन शाखा उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।

 

 

कार्यक्रमका बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रिता घर्तिले अनलाइन व्यक्तिगत घटना दर्ता प्रणाली नयाँ बिषय भएकोले सहभागीलाई सक्रिय भएर सिकाइ उपलब्धी हासिल गर्न शुझाव दिनु भएको छ । ४ नम्बर वडा अध्यक्ष राम बहादुर वलीले हस्तलिखित रूपमा दर्ता गर्दा तथ्यांकहरु व्यबस्थित नहुने भएकोले कम्प्युटराइज गरेर ब्यवस्थित गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रमको सन्चालन गाउँपालिका प्रेस संयोजक अशोक वली परिवर्तनले गर्नु भएको थियो ।

 

 

171 total views, 1 views today