सुुनिलस्मृति गाउपालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम घोडागाँउमा सम्पन्न

 

मालश्री अन्लाइन, चैत ११ । सुुनिल स्मृति गाउ पालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम आज घोडागाउ रोल्पामा सम्पन्न भएको छ । गाँउपालिका भरि चौमासिक रुपमा भए गरेका बिकास निर्माण र अन्य सेवा प्रभाहका बारेमा आम नागरिकको गुनासो, सल्लाह सुझाब प्रत्यक्ष बुज्नको लागि र भए गरेका सेवा प्रभाहहरु पारदर्सिता शुसासन जवाफदेहिता बनाउनको लागि सार्बजनिक सुनुवाइ गरिएको गाउ पालिकाले जानकारि दिएको छ ।

 

सार्बजनिक सुनुवाइ कार्यक्रम सुनिल स्मृति गाउपािलका अध्यक्ष गुनेन्द्र घर्तिको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मनतब्य सुनिल स्मृति गाउपालिका वडन १ का वडा अध्यक्ष केसब लाल कवरले गर्नु भएको थियो भने सन्चालन गाउ पालिकाका प्रशासन प्रमुख नुमाकान्त कालाथोकिले गर्नु भएको थियो । कार्यक्रममा वडा न२ का वडा अध्यक्ष नेत्र बहादुर गिरि, वडा न ४ का वडा अध्यक्ष गन्ज बहादुर क्षेत्रि, ६ का अर्जुन सुबेदि, ८ का पुर्र्ण बहादुर पुन, गाउ कार्यपालिकाका सदस्यहरु तुलसि सुनार, चन्द्र मरमथानि, लगाएत गाउ पालिकाका बिभिन्न शाखा प्रमुख हरुको उपस्थिति रहेको थियो । सार्बजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका भित्रका आम सेवाग्राहि नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उठेका बिभिन्न विकास निर्माण, सेवा प्रबाह संग सम्बन्धित जिज्ञासाहरु गाउँपालिकाका बिभिन्न शाखा प्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका अध्यक्ष लगाएतले जिज्ञासा मेटाउनु भएको थियो । कार्यक्रमको सहजिकरण रेडियो मालश्रिका पत्रकार गणेस केसिले गर्नु भएको आयोजकले जानकारि दिएको छ । कार्यक्रममा पत्रकार, विद्धिजिवी, समाज सेवि, शिक्षक, विभिन्न समुह, क्लव, उपभोत्ता समिती, निमार्ण व्यवसायि लगाएतको सहभागिता रहेको थियो ।

 

 

248 total views, 2 views today