कमनेट सोलुसनले Easy Buy Easy Pay को माध्यबाट किस्तामै टिभि,ल्यापट तथा फ्रिज विक्री गर्ने ग्लोबल आइएमई बैकंसंग गर्यो संझौता

मालश्री अन्लाइन, चैत ११ । ग्लोबल आइएमई बैकं लिबाङ र कमनेट सोलुसन तथा सप्लायर्स विच Easy Buy Easy Pay को लागि रोल्पामै दोस्रो पटक ल्यापटप, टि.भि तथा फ्रिज तथा अन्य इलेक्ट्रिकल सामान खरिद गर्न सकिने गरी संझौता भएको छ ।

 

 

Easy Buy Easy Pay अन्र्तर्गत उक्त सामग्री खरिदमा कुनै पनि अग्रीम भुक्तानी शुल्क, धितो तथा व्याजलाग्ने छैन । उक्त संझौतामा लिबाङ शाखाका शाखा प्रबन्धक प्रविण आचार्य र सप्लायर्सका संचालक नन्दलाल कुवरविच संझौतामा हस्ताक्षर भएको हो । १५ हजार देखि २ लाख सम्मका सामग्री खरिद गर्न सकिने र उक्त रकम सबै एकैपटक नभई मासिक शुन्य प्रतिसत व्याज र किस्तावन्दीमा भुक्तानी सेवा उपलब्ध हुने र किस्ता ६ महिने, १२, महिने तथा १८ महिने ग्राहकको रोजाइमा नै बनाउन पाइने कमनेट सोलुसन तथा सप्लायर्सका प्रोप्राइटर नन्दलाल कवरले बताउनु भयो ।

 

 

सामान खरिदको लागि ग्राहक ग्लोबल आइएमई बैकंको क्रेडिट कार्ड प्रयोगकर्ता भने अनिवार्य हुनु पर्नेछ । यसभन्दा अगाडि पनि कार्ड प्रयोग गरिसकेक प्रयोगकर्ताको लागि यो मान्य रहनेछ भने अन्यको लागि भने क्रेडिट कार्ड आवेदन दिनु पर्नेछ । क्रेडिट कार्ड तथा Easy, Buy Easy Pay को लागि भने बैकंको आवश्यक मापदण्ड तथा शर्तहरु रहेको र उक्त शर्तभित्र प्रयोगकर्ता परेमा कार्ड उपलब्ध गराउन सकिने ग्लोबल आइएमई बैक लिबाङ शाखाका शाखा प्रबन्धक प्रविण आचार्यले बताउनुभयो । यस संगै मोबाइल तथा अन्य सामग्री खरिदको लागि ग्राहकलाई सजिलो हुने भएको छ । यो सेवा रोल्पामै पहिलोपटक समिप इलेक्ट्रोनिक्समाउ पलब्ध रहेको थियो भने कमनेट सोलुसन दोस्रो बनेको छ । स्मरण रहोस ग्लोबल आइएमई बैकं लिबाङ शाखाले लिबाङ तथा घर्तिगाउका विभिन्न पसल, होटल तथा रेष्टुरेन्टहरुमा QR Payment गराएको छ जहाँ मोबाइल बैकिंङ सेवाबाट नै रकम भुक्तानी गर्न सकिनेछ । साथै सातदोबाटो स्थित लिलाइनहोटल प्रालि, लिबाङ स्थित समिप मोबाइल र लिबाङमै रहेको होटल हेरीटेजमा POS Machine उपलब्ध गराएको छ । डिजिटलको युगमा यो खालको कदमले सबैलाई सहज बनाउने कमनेटका संचालक कुवरले बताउनु भयो ।

148 total views, 1 views today