रोल्पामा बाटो खन्ने क्रममा एक अनौंठो गुफा फेला पर्याे

मालश्री अन्लाइन, चैत १२ । रोल्पामा जेसिबीले बाटो खन्ने क्रममा एउटा अनौठो गुफा फेला परेको छ । पश्चिम रोल्पाका गंगादेव गाउँपालिकका वडा नं. ६ साबिकको वडा नं. ३ को घामतारा सामुदायिक बन क्षेत्रभित्रको ढुङगो फोरे भन्ने ठाउँमा उक्त गुफा फेला परेको स्थानियहरुले बताएका छन् । गुरासे डिम्मुर गौरा, बल्ले पोखरी स्कुल, ओखरबोट न्याउलेखा डलसिंगे, खौला हुँदै रुकुम जाड्ने मोटर बाटोको निर्माण कार्य भइरकेको समयमा आज दिउँसो करिब १ बजे ढुङगो फोेरे भन्ने ठाउँमा उक्त गुफा फेला परेको त्यहाँबाट खगेन्द्र वलीले जानकारी दिनुभएको छ ।

 

 

उक्त ठाउँको गुफा भित्र पसेर हेर्दा मुर्तिको आकृति, हनुमानको मुर्ति नाग देवता, आगो बोलिरहेका जस्ता दृष्यहरु, गाइको दुध जम्मा भएको देख्न सकिने स्थानिय वलीले बताउनु भयो । अहिले स्थनियहरुले अनौठो मानेर खुसी भई हेर्नैको भिड लागेको बताइएको छ । उक्त ठाउँकाे गुफालाई संरक्षण गरि पर्यटकिय स्थल बनाउन समेत स्थानियवासी अनुरोध गरेका छन ।

 

 

राँकका बिभिन्न ठाउँमा पर्यटकिय स्थल, गुफाहरु छन । तर आज देखिएको उक्त गुफा फरक किसिमको भएको समेत स्थानियले बताएको र कहाँसम्म फैैलिएको छ भनेर भित्र जाने बाटो साँगुरो भएको र स्थानियवासीहरु उक्त गुफा भित्र गएर केही हुन्छ कि भनेर त्रासमा रहेको हुँदा कहाँसम्म फैलिएको छ भन्ने थाहा नभएको स्थानियवासीहरु बताएका छन ।


 

1,045 total views, 2 views today