होली खेल्न हिडेका एक जनाको मोटरसाईकल दुर्घटनामा परि मृत्यु

मालश्री अन्लाइन, चैत १६ । दाङमा होली खेल्न हिडेका एक जनाको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोमबार साँझ ६ बजेतिर बबई गाउँपालिका वडा नं। ३ हंसपुरको पिसियो चोकमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका बबई गाउँपालिका वडा नं। ५ निवासी १९ वर्षीय गोविन्द पुनको मृत्यु भएको हो । होली खेल्न रा ४ प १४४३ नम्बरको मोटरसाइकलमा सवार रहेका उनी दुर्घटना हुँदा गम्भीर घाईते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

164 total views, 2 views today