अतिरिक्तक्रियाकलापले विद्यार्थीलाई सफल बनाउनछ : प्रदेशसभा सदस्यपुन

मालश्री अन्लाइन, चैत १७ ।  रोल्पाबाट निर्वाचितप्रदेशसभाका सदस्यदिपेन्द्रकुमार पुनले अतिरिक्तक्रियाकलापले विद्यार्थीलाई सधै सफलबनाउने बताउनुभएको छ । पढाइसँगसँगै अतिरिक्तक्रियाकलापमारुचि राख्ने विद्यार्थी कहिल्यै र कुनै पनि ठाउँमा पछि नपर्ने उहाँले बताउनुभयो । रोल्पाको थबाङ गाउँपालिकाले पहिलो पटक आयोजना गरेको राष्ट्रपती रनिङ शिल्डको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

 

शिल्डमा जित्नैपर्छ भन्ने धारणा राख्नु भन्दापनि सहभागीताजनाउनु नै ठुलो कुरा भएको उहाँको भनाई छ । प्रतियोगितानिष्पक्ष रुपमा सञ्चालनगर्न पनिउहाँले सुझावदिनुभयो । रोल्पाकाअन्यगाउँपालिका, नगरपालिकामाजारी राष्ट्रपती रनिङ शिल्डमा विभिन्नकिसीमकाविवादहरु उत्पन्नभएको बताउदै थबाङले शान्त र सौहार्दपूर्ण वातावरणमा शिल्ड सम्पन्नगर्न आग्रहप्रदेशसभाका सदस्यपुनले गर्नुभएको छ । स्थानीय स्तरमा सञ्चालनहुने यस्तै खालकाप्रतियोगिताहरुबाट निखारीदै अहिलेका विदार्थीहरु पछि गएर राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडि बन्न सकने पनिउहाँले बताउनुभयो ।

 

यस्तै फरक प्रसंगमाबोल्दै प्रदेशसभाका सदस्यपुनले थबाङ सम्भावनै सम्भावनाले भरिएको गाउँपालिका रहेको बताउनुभएको छ । सम्भावनाभएर मात्रगाउँपालिका समृद्धि नहुने बताउदै उहाँले त्यसको विकास र सम्भावनालाईनगदमाबदल्नतर्फ सबै लाग्नुपर्नेमाउहाँले जोड दिनुभयो । थबाङ गाउँपालिकामै १०० पर्यटकिय गन्तव्यमा पर्ने एक गन्तव्य जलजला रहेकाले पनि यसलाई व्यवस्थित गरी गाउँपालिकाको नाम र सान उच्च बनाउनतर्फ गाउँपालिकाले ध्यानदिन जरुरी रहेको उहाँको भनाई छ ।

यस्तै शिलड उद्धघाटन कार्यक्रममाबोल्दै थबाङ गाउँपालिकाकाअध्यक्ष बिरबहादुर घर्तीले पहिलो पटक आयोजना गरेको राष्ट्रपति रनीङ शिल्डलाई भव्यताका साथ सफलपार्ने बताउनुभएको छ । विद्यार्थीको क्षमताविकाससँगै सर्वपक्षियविकासको उदेश्य राखीआयोजना गरेको यस शिल्डलाई भव्य रुपमा सफलपार्नको लागिआ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई उहाँले आग्रहसमेत गर्नुभएको छ । खेल क्षेत्रदेखि लिएर विकासका सबै अवयवहरुलाई मजवुतबनाउने गाउँपालिकाअध्यक्ष घर्तीले बताउनुभएको छ ।

 

84 total views, 2 views today