नेपाल राष्ट्रिय दलित मुक्ति संगठन गंगादेव ५ वडा कमिटी गठन

मालश्री अन्लाइन, चैत १७ । नेपाल राष्ट्रिय दलित मुक्ति संगठन गंगादेव ५ वडा कमिटी गठन गरिएको छ । खिमा बिकको अध्यक्षतामा वडा नम्बर ५ को कुइनेटामा भएको भेला बाट बलिराम नगवाग को अध्यक्षतामा ३० सदस्यीय वडा कमिटी गठन गरिएको छ। जसको उपाध्यक्षमा गोपाल बिक,सचीवमा प्रेमिका बिक ,सह-सचिवमा खिमा महर,कोषाध्यक्षमा खिमालाल बिक रहनु भएको छ। कार्यक्रममा गंगादेव गाउपालिका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रकि जिल्ला सदस्य रिता घर्तिको प्रमुख आतिथ्यता रहेको थियो भने संगठनका गाउपालिका अध्यक्ष खुसल सिंह बिकको बिशिष्ट आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष भुपाल दामाइ ,वडा नम्बर ५ का अध्यक्ष मान बहादुर डागी ,गाउँ कार्यपालिका सदस्यहरु लक्ष्मी बुढा , टीका बिक,वडा सदस्यहरु कमल प्रकाश खत्री , रितु परियार लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउपालिका उपाध्यक्ष रिता घर्तिले जलित , महिला पिछडिएको बर्गलाइ माओवादीले नेतृत्व गरेको १० बर्षे जनयुद्धले छुवाछूत ,बिभेधिकरणमा न्यूनीकरण गर्दै समानुपातिक समावेशी सहितको सबिधान निर्माणमा ठुलो योगदान गरेको स्मरण गर्दै फेरि पनि सबै पीडित बर्गको पार्टी नेकपा माओवादी केन्द्रमा गोल बन्द हुनु पर्नेमा जोड दिनु भएको छ। उहाले गंगादेव गाउपालिकाले समानुपातिक कोटाबाट कुसल सिङ बिक र टीका बिकलाइ पार्टीले कार्यपालिकामा मनोनित गरे बताउदै स्थानीय सरकार ,प्रदेश र संघ सरकारमा महिला ,जनजाती ,अल्पसंख्यक ,सबैको प्रतिनिधित्व भएकाले यो संविधान प्रती गर्व गर्नु पर्ने बताउनु भएको । कार्यक्रमका बिशिस्ट अतिथि कुसल सिंह बिकले द्लितले अपनाउदै आएको पेशालाई आधुनिकरण गर्नु पर्ने बताउनु भएको । वडा नम्बर २ का अध्यक्ष भुपाल दमाइले माओवादी केन्द्रले वडाको टिकट दिएर जनताले बिजयी गराएको स्मरण गर्दै जनताको बीचमा आफ्नो क्षेमता देखाएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ। वडा नम्बर ५ का अध्यक्ष मान बहादुर डागिले नेपाल भएका विभिन्न आन्दोलनमा दलित समुदायको योगदान उच्च रहेकोले अझै पनि रुढीबादी परम्परा ,छुवाछूत ,बिभेदका विरुद्ध एक जुट भएर लाग्नु पर्ने बताउनु भएको छ। कार्यपालिका सदस्य लक्ष्मी बुढा ,टीका बिकले बधाई मन्तव्य राख्नु भएको थियो । दिपा बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन प्रेमिका बिकले गर्नु भएको थियो ।

 

95 total views, 4 views today