एकीकृत सामुदायिक उत्थानशील परियोजनाको गाउँपालिका स्तरीय समन्वय बैठक सप्पन्न

मालश्री अन्लाइन, चैत १८ । नेपाल रेडक्रस सोसाइटीको एकीकृत सामुदायिक उत्थानशील परियोजनाले माडी गाउँपालिकाको घर्तीगाउँमा गाउँपालिका स्तरीय समन्वय बैठक सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी घर्तीगाउँ उपशाखा सभापति मानबहादुर घर्तीमगरको अध्यक्षता बाट सुरुभएको गाउँपालिका स्तरीय समन्वय बैठकको प्रमुख अतिथीमा माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगर रहनुभएको थियो भने अन्य अतिथीहरुमा माडी गाउँपालिका उपाध्यक्ष धनीकला बुढामगर,माडी गाउँपालिका १ का वडा अध्यक्ष आम बहादुर घर्तीमगर,माडी गाउँपालिका २का वडा अध्यक्ष ललित घर्तीमगर,माडी गाउँपालिका ४ का वडा अध्यक्ष खिम बहादुर घर्तीमगर,माडी गाउँपालिका ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगर,माडी गाउँपालिका कार्यपालिका सदस्यहरु झक्कु प्रसाद परियार,बन्दना घर्तीमगर,सविना घर्तीमगर,आइतमाली घर्तीमगर,आइतमाली बि.क,नेपाल कम्युनिष्ट पार्टी माओवादीका माडी गाउँपालिका अध्यक्ष अम्मरसिङ घर्ती मगर,एमाले पार्टी माडी गाउँपालिका प्रतिनिधि प्रेम बि.क,माडी गाउँपालिका शिक्षा शाखा अधिकृत परशुराम ढकाल,स्वास्थ्य शाखा प्रमुख इन्चार्ज पूर्णीमा घर्तीमगर,कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँका वि.व्य.स अध्यक्ष विजय घर्तीमगर,माडी गाउँपालिकाका स्वास्थ्य इन्चार्जहरु १का दिल बहादुर डाँगी,२ का जय प्रकाश बुढा,३ का पदम बहादुर घर्ती,४ का देव बहादुर डाँगी,५ का राम प्रसाद खत्री ६ का अफिम घर्ती लगाएतको उपस्थिति रहेको थियोे।
नेपाल रेडक्रस सोसाइटी उपशाखा घर्तीगाउँ रोल्पाका सचीव यज्ञ बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा २०२० मा सम्पन्न भएको कार्यहरु र २०२१ मा निर्माण हुने कार्यहरुको बारेमा एकीकृत सामुदायिक उत्थानशील परियोजना रोल्पाकी अधिकृत कमला राईले प्रस्ट्याउनु भएको थियो उहाँले नेपाल रेडक्रस सोसाइटी ले,शिक्षा,स्वास्थ्य,खानेपानी लगाएतको क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो।
साथै गाउँपालिकासँग समन्वय गरेर विकासका कार्यमा त्यवा पुगेको समेत बताउदै,२०२०मा स्वीकृत बजेट जम्मा ७१ लाख ७९ हजार २ सय ५९ रुपियाँ रहेको थियो जसमा खर्च बजेट जम्मा ७२ लाख २१ हजार ४ सय ७५ भएको बढी खर्च ४२ हजार २ सय १६ रुपियाँ खर्च भएको बताउनुभयो।त्यसैगरी २०२१ को लागि १ करोड ४६ लाख ८७ हजार २ सय १० रुपियाँ स्वीकृत भएको समेत बताउनुभयो थियो। नेपाल रेडक्रस सोसाइटीको गाउँपालिका स्तरीय समन्वय बैठकको प्रमुख अतिथी समेत रहनुभएका माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगरले,रेडक्रस पहिले पहिले आपद विपदमा मात्र काम गर्थ्यो भने अहिले राम्रो राम्रो विकासका कामहरु भइरहेको र गरेको समेत बताउनुभयो ।अहिले माडी गाउँपालिकाको सबै वडाहरुमा राम्रो काम गरेर गाउँपालिकालाई गुन लगाएको बताए,उहाँले नेपाल रेडक्रस सोसाइटीलाई राम्रो गुन लगाएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा रेडक्रस सँग सधै सहकार्यको वातावरण सिर्जना भइरहने बताउनुभयो।

गाउँपालिका स्तरीय समन्वय बैठकको सञ्चालन एकीकृत सामुदायिक उत्थानशील परियोजना माडी गाउँपालिका वडा नं.३/४ कि सामाजिक परिचालीका हरिसरा घर्ती मगरले गर्नुभएको त्यहाँ बाट हाम्रा सहकर्मी सुर्य प्रकाश बुढामगरले जानकारी दिनुभएको छ।

111 total views, 2 views today