मा.बि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि बिहान १० बजेबाट

मालश्री अन्लाइन, चैत १८ । पुर्वी रोल्पाको सुनछहरी गाउँपालिकामा माध्यमिक बिधालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि बिहान १० बजे गाउँपालिकाको केन्द्र पोबाङमा रहेको देविमन्दिर माध्यमिक बिधालय पोबाङमा उद्घाटन गरिने भएको छ। उद्घाटन कार्यक्रमको लागि सम्पुर्ण तयारी पूरा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनु भएको छ। साथै गाउँपालिकाले गाउँपालिका भित्रका माध्यमिक बिधालयहरुबाट सहभागी बिद्यार्थी छनोट गरि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ अनुसार गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखामा पेश गर्नु हुन समेत अनुरोध प्रमुख प्रशासकीय अधिकृत पुनले अनुरोध गर्नु भएको छ।

 

 

 

कार्यक्रममा भलिबल छात्र छात्रा प्रतियोगिता,एथलेटिक्स अन्तर्गत ८सय मिटर छात्र छात्रा दौड प्रतियोगिता ,छात्र छात्रा रिले दौड प्रतियोगिता, छात्र छात्रा हाइजाम्प, छात्र छात्रा लङजम्प, छात्र छात्रा त्रिपलजम्प ज्याभलिङ थ्रो, छात्र छात्रा सटफुत प्रतिछात्रालगाएत आयोजना गरिएको गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा संयोजक नारायण गिरीले जानकारी दिनु भयो। साथै प्रतियोगितामा भाग लिने सहभागी बिद्यार्थीहरुको उमेर १८ वर्ष भन्दा मुनिको र कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्रछात्राहरुले मात्र सहभागी जनाउन पाईने बताईएको छ।साथै भलिबल लगाएत अन्य सबै खेलहरु राष्ट्रिय खेलको नियम खेलाईन्ने गाउँपालिकाले जनाएको छ।

300 total views, 2 views today