अर्घाखाचीको विद्यालयले ग¥यो बाल कल्याण नमुना माविको अवलोकन भ्रमण

मालश्री अन्लाइन, चैत १८ । सुर्य माध्यामिक विद्यालय मालारानी गाउँपालिका वडा नं ५ अर्घाखाचीको एक टोलीले बाल कल्याण नमुना मावि लिवाङ रोल्पाको अध्ययन अवलोकन भ्रमन गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सम्मेलित १५० जनाको टोलीले बाल कल्याण नमुना माविको शैक्षिक भौतिक, प्रशासनिक, र व्यवस्थापकीय कक्षको अवलोकन गरेको हो । भ्रमण कै क्रममा अनुभव आदान प्रदान समेत गरिएको थियो । अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बाल कल्याण नमुना माविका प्र.अ मधुसुदन पोख्रेलले विद्यालयले सम्पादन गरेका क्रियाकलाप उपलब्धी अवसर र चुनौति र भावी योजनाको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

 

 

कार्यक्रममा सुर्य मावि मालारानी अर्घाखाचीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्री स्वयी विद्यालयका प्र.अ डुक प्रसाद पौडेल रोल्पाका राजनितिज्ञ सुरेन्द्र घर्तिले मन्तव्य राख्नुभएको थियो । मन्तव्यका क्रममा भम्रण टोलीका संयोजक एव सुर्य मावि मालारानी अर्धाखाचीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले छोटो समयमा विद्यालयले उल्लेखनिय काम गरेको बताउनु भएको थियो । दुर्गम जिल्लाका विद्यालयहरुका लागी बाल कल्याण नमुना मावि अध्ययण केन्द्रको रुपमा रहेको बताउनु भयो । कार्यक्रममा बाल कल्याण नमुना माविका विद्यालय व्यवस्थापम समितिका अध्यक्ष महेश न्यौपानेले बाल कल्याण नमुना माविका कारण रोल्पा जिल्ला राष्ट्र व्यापिरुपमा चिनिएको बताउनु भयो । विद्यालय प्रशासन र विद्यालय व्यवस्थापम समिति विचको अन्तर सम्वन्धले नमुना विद्यालयहरुलाई सफल हुने बताउनु भयो । साथै अध्यक्ष न्यौपानेले भौगोलिक विकटता छल्दै आफ्नो विद्यालयमा भ्रमण टोली आएकोमा खुसी व्यक्त गर्दै स्वागत समेत गर्नु भएको थियो । नमुना बाल क्लवका विद्यार्थीहरुले स्वागत गरेको भम्रण टोलीलाई विद्यालयले भोजनको समेत व्यवस्था गरेको थियो ।

 

 

 

पछिल्लो पटक बाल कल्याण नमुना मावि हेर्न आउने शिक्षक विद्यार्थी अभिभावक तथा शैक्षिक अभियान्ताहरुको लर्काे लाग्ने गरेको छ । यस अघि झापा, काभ्रेपलान्चोक, दाङ लगायतका जिल्लाबाट आएको भ्रमण टोलीले सो विद्यालयको अध्ययन अवलोकन गरि फर्कि सकेको प्रअ पोख्रलले बताउनु भयो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रध्यानाध्यापक लेखमणि खड्काले गर्नु भएको थियो । भम्रण टोलीको स्वागतका लागि रोल्पा नगरपालिका वडा नं २ का वडा अध्यक्ष एंव विद्यालयका सदस्य खिम वहादुर घर्ति, सदस्यहरु जित बहादुर डागी, सरस्वती रिजाल, र निम कुमारी सिहंको समेत उपस्थिति रहेको थियो ।

 

204 total views, 5 views today