काँस्य पदक विजेता बुढामगरलाई तेक्वान्दो संघ रोल्पाद्धारा बधाई ज्ञापन

मालश्री अन्लाइन, चैत १८ । तेस्रो महिला खुल्ला तेक्वान्दो प्रतियोगिता आइतबार १५ गते सम्पन्न भएको छ । प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको हो । तेस्रो महिला खुल्ला तेक्वान्दो प्रतियोगिता यही चैत्र १३ गते बाट शुरु भएको हो । नेपाल तेक्वान्दो संघ, महिला सशक्तिकरणको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन भएको तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगितामा ४९ के.जी. तौल समूहमा रोल्पा जिल्लाको प्रतिनिधित्व गर्दै माडी गाउँपालिका अन्तर्गत माडी तेक्वान्दो डोजाङकी खेलाडी गंगा बुढामगरले तृतीय (काँस्य पदक) लिन सफल भएको आयोजकले जानकारी दिएको छ ।

 

पदक बिजेता बुढामगरलाई रोल्पा जिल्ला तेक्वान्दो संघ परिवारले हार्दिक बधाई तथा शुभकामना समेत प्रकट गरेको छ । साथै रोल्पा जिल्लाबाट सहभागीता जनाउनु हुने सम्पूर्ण खेलाडीहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनको सफलताको शुभकामना समेत ब्यक्त गरिएको तेक्वान्दो संघ रोल्पााले जनाएको छ ।

 

 


254 total views, 2 views today