गंगादेव गाउँपालिकाले सुख्खा ओढार बगेतरा रमाइ जोडने नंया ट्र्याक ओपन मोटर बाटोको अनुगमन

मालश्री अन्लाइन, चैत १८ ।  गंगादेव गाउँपालिका रोल्पाले सुख्खा ओढार बगेतरा रमाइ जोडने नंया ट्र्याक ओपन मोटर बाटोको पहिलो चरणको अनुगमन गरेको छ । उक्त सडकमा गाउपालिकाको २६ लाख र लुम्बिनी प्रदेशको २५ लाख गरि जम्मा ५१ लाख बजेट रहेको छ। सडकको उपभोक्ता समिति मार्फत निर्माण भैरहेको छ।अनुगमनमा  अध्यक्ष वीर बहादुर खत्री , गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति सयोजक रिता घर्ती,गाउँपालिका प्रेस संयोजक अशोक वली परिबर्तन ,लगायत उपभोक्ताको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले मोटर बाटोको सुरुवात राम्रो रहेको प्रतिक्रिया दिनु भएको छ ।

उहाले भूगोल भिरालो भएकोले सडक खन्दा पैदल यात्रु आवत जावत गर्ने ठाउमा ढुङ्गा खस्ने भएकोले उपभोक्ता समुहलाई सतर्क भएर खन्न शुझाव दिनु भएको छ। अनुगमन समितिका सयोजक गाउँपालिका उपाध्यक्ष रिता घर्तिले प्राबिधिक स्टामेट अनुसार काम इमानदार भएर काम गर्न सुझाव दिनु भएको गाउँपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ।

 

319 total views, 5 views today