माया बचाउ अभियानले माया सन्चो कार्यक्रम सम्पन्न

मालश्री अन्लाइन, चैत १८ । माया बचाउ अभियानले माया सन्चो कार्यक्रम सम्पन्न गरेको छ । अभियान्ताहरुले आज पत्रकार सम्मेलन गरि रोल्पा नगरपालिका वडा नं. ८ जंकोटकी नसा रोगबाट पिडित माया घर्तीमगर उपचार गरि घर फर्के जानकारी दिएको छ । गरिविको रेखामुनी रहेको मायाको घरपरिवारले मायाको उपचार गर्न नसके पछि अभियान्ता तथा कलाकार इन्द्र पाखे मगरको अग्रसरतामा अभियान चलाइएको थियो । घर्तीमगरलाई बैषाक २१ गते देखी चैत्र १६ गते सम्म भैरहवा मेडिकल कलेजमा उपचार गराए पछि सन्चो भएको अभियान्ता मगरले जानकारी दिनु भएको छ । रोल्पा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष खिमबहादुर घर्ति मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालिकाकी उप–प्रमुख मनकुमारी घर्ति रहनु भएको थियो कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथिहरुमा रोल्पा नगरपाकिाका वडा नं ८ का वडा अध्याक्ष सनसिह बुढा, नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक अध्यक्ष काँशीराम डाँगी, पत्रकार खेम बुढा, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, नयाँ पत्रिकाका नविन लोचन लगाएत, नेपाल टेलिभिजनका माधब वली, गोरखा पत्रका रेशम विक, जुनकिरि साप्ताहिककी लालकुमारी केसी लगाएतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

147 total views, 5 views today