नेपालले आफ्नै नेतृत्वमा केन्द्रीय कमिटि बनाउने नेता नेपालको घोषणा

मालश्री अन्लाइन, चैत १९ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष्य केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटि बनाउने घोषणा गर्नुभएको छ ।

आज पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटिबाट ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गर्नुभएको हो ।

 

 

 

सो अवसरमा नेता नेपालले कार्यकर्तालाई जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिनुभएको छ । कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले भन्नुभयो, ‘अब चाँडै हाम्रै नेतृत्वमा केन्द्रीय कमिटि घोषणा हुनेछ ।’

यस्तै खनाल–नेपाल समूहले, कास्कीमा एमालेको समानान्तर कमिटिसमेत घोषणा गरेको छ । उक्त समूहले आज कास्कीमा ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।

पोखराको न्युरोडमा आयोजित कार्यकर्ता भेलामा धनराज आचार्यको नेतृत्वमा कमिटि घोषणा भएको हो । कमिटिको सचिवमा होमबहादुर नेपाली रहनुभएको छ ।

पछिल्लो समय पार्टीभित्रको विवादका कारण खनाल–नेपाल समूहले विभिन्न भ्रातृ संगठनको समानान्तर कमिटि घोषणा गर्दै आएका छन् ।

यता, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने नेता नेपाल उपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।

104 total views, 2 views today